मिर्चैया – जग्गा खाली गराउन बन्दुकसहित पुगे भूमाफिया

सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर –५ स्थितमा रहेका सुकुम्वासी बस्ती खाली गराउन शनिबार भूमाफिया बीरेन्द्र साह दुई नाले बन्दुकसहित पुगेका छन् । भूमाफिया मिर्चैया नगरपालिका वडा नम्बर–५ का वीरेन्द्र साह पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया वडा नम्बर –५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन दुई नाले बन्दुकसहित पुगेको स्थानीयहरुले बताए ।

उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायतका जाति बस्दै आएका छन् । भूमाफिया साह दुई नाले बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए ।

अमिन ल्याएर र प्रक्रिया पु¥याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको र भूमाफिया बिरेन्द्र साह ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको डिएसपी जैसवालले जानकारी दिए । उक्त विषयमा वीरेन्द्र साह सित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाइको प्रतिक्रिया
(Visited 506 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?