पाँच दशकदेखि मनोहरको गायन

बैतडी । मनोहर राम दमाई (मनोहर परियार) अहिले ६५ वर्षमा लागे । १५ वर्षको उमेरदेखि सांगीतिक यात्रामा लागेका मनोहरले आफ्ना ५० वर्ष सांगीतिक यात्रामै बिताए । यसपटक ५० हजार रुपैयाँको पुरस्कार पाउँदा उनी अहिले निकै खुसी छन् ।

जिल्लामा हुने सबैजसो सभा–समारोहमा सहभागी हुने उनका उत्कृष्ट प्रस्तुतिहरूले माहोल तताउँथ्यो । जिल्लामा हुने सबै दिवसहरू, जिल्लास्तरीय प्रतियोगिताहरू, सभा–समारोहहरूमा आफ्ना जनचेतनामूलक गीत गाउने मनोहर दुईपटकसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट समेत सम्मनित भएका व्यक्ति हुन् ।

बैतडीको मेलौली नगरपालिका–१ देउनोलामा जन्मिएका मनोहरले ५० बढी जनचेतनामूलक र देशभक्ति गीतहरू बजारमा ल्याएका छन् भने १ हजार बढी गीत सामाजिक विकृति विसंगतिका विरुद्धमा रचना गरी विभिन्न सभा–समारोहमा प्रस्तुत गरेको सुनाउँछन् । उनले अहिले कोरोना भाइरसका विषयमा एक गीत बजारमा ल्याएका छन् भने एक दर्जन गीत रचना गरी विभिन्न कार्यक्रममा सुनाउने गरेका छन् ।

सुदूरपश्चिमको लोपोन्मुख संस्कृति हुड्केउली (भडाहा)को जर्गनामा समेत उनको महŒवपूर्ण योगदान रहेको छ । भडाहामा खासगरी विभिन्न वीर, वीरंगनाहरूमा गाथा समेटिएको हुन्छ । तत्कालीन राजाहरू र वीरंगनाहरूका विषयमा भडाहा तयार पारिएको उनी बताउँछन् । कार्की सक्राम, शोभा साउत, त्रिमल चन, लाली साउदलगायतका वीरहरूका गाथा समेटेर भडाहा गाइने गरेको उनी सुनाउँछन् ।

मनोहर परियार गायनका साथै वाद्यवादनमा पनि उत्तिकै दखलता राख्छन् । मादल, हार्माेनियम, हुड्को, बाँसुरी बजाउनमा उनको दखलता छ ।

कलाकार मनोहर परियार सोमबार राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भए । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफूलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गर्दा खुसीको सीमा नरहेको उनी बताउँछन् । परियार ५० हजार नगदसहित सम्मानित भएका हुन् ।

आफूले ५० वर्षसम्म सांगीतिक यात्रामा लागेको प्रतिफल प्राप्त भएको उनी सुनाउँछन् । उनले यसअघि जिल्लास्तरीय र तत्कालीन क्षेत्रीयस्तरबाट १ सय बढी सम्मानपत्र र धेरथोर नगद पुरस्कारसमेत भिœयाएका छन् ।

‘हामी भौगोलिक रूपमा पनि निकै पिछडिएको क्षेत्रका मान्छे हौं, सुदूरपश्चिम क्षेत्र त्यसैमा पनि बैतडी जिल्ला र म परियार समुदायको व्यक्ति अगाडि बढ्न निकै कठिन थियो ।’ उनले भने, ‘यस क्षेत्रका विकृतिहरूको विरुद्धमा गीत गाउनुसमेत निकै चुनौती थियो र मैले हरेक खाले सामजिक विकृतिका विरुद्धमा गीत गाएको छु ।

जातीय विभेदका विरुद्धमा गीत गाएको छु ।’ संस्कृति जोगाउने डेउडा, ठाडीभाका र हुड्केउली गीत गाएको उनले बताए । मनोहर परियार अहिले राष्ट्रिय जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्यसमेत हुन् । यो पुरस्कारले अझ ऊर्जा थपिएको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम