राप्रपाको एजेन्डा बलियो छ तर संगठन कमजोर भयो : थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद पनि राप्रपाको संगठन कमजोर भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौं–५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राप्रपाको एजेन्डा बलियो भएर पनि संगठन कमजोर भएको स्वीकार गरेका हुन् ।
अध्यक्ष थापाले राप्रपाले बोकेको एजेन्डालाई स्थापित गराउन पार्टी पंक्तिको सबै ध्यान संगठन निर्माणमा केन्द्रित गर्ने समेत बताए ।


‘पटक–पटक सरकारमा जाँदा धेरै आलोचना भयो, जनताले मन पराएनन् । पार्टीका एजेन्डा बलियो भएर पनि संगठन कमजोर हुँदा अवस्था राम्रो बन्न सकेन,’ अध्यक्ष थापाले भने ।उनले अब विगतको कमजोरीलाई सुधारेर राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी बनाउन सबै शक्तिलाई केन्द्रित गरिने जनाए । थापाले संगठन निर्माण्बाट बलियो बन्दै कांग्रेस र कम्युनिस्ट पछि वैकल्पिक शक्तिका रूपमा राप्रपालाई स्थापित गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन् ।


‘कांग्रेस, कम्युनिस्टले पटक–पटक अवसर पाएर पनि सफलता प्राप्त गर्न सकेनन्, अब कांग्रेस र कम्युनिस्टको विकल्पका रूपमा राप्रपालाई स्थापित गराउनुपर्ने आवश्यकता छ,’ उनले थपे ।
मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा आफ्नो दलले बोकेको नीति, विचार र मार्गचित्र देशको निमित्त उपयुक्त भएको उनको जिकिर छ । कार्यक्रममा राप्रपा कार्य सम्पादन समितिका सदस्य जयकुमार खड्का, केन्द्रीय सदस्य केशव रेग्मी, सुनिता कुरुङ्वाङ, प्रबल नरसिंह राणा, सन्तोष अधिकारी, सुरज अधिकारी तथा तेजबहादुर गुरुङलगायतले धारणा राखेका थिए ।



तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाटीले उपेक्षा गरेको भन्दै एमालेका राउत र खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता