नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको बैठक साउन ६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

आज ३ बजेका लागि स्थायी कमिटी बैठक तय गरिएको थियो । दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहेकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन