प्रियंकाको विवाह १५ फागुनमा

काठमाडौं ।  अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाह अबको ११ दिनपछि हुने भएको छ । डेढ वर्षअघि इंगेजमेन्ट गरेका अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाले २०७६ असारमा विवाहको घोषणा गरेका थिए । तर, त्यतिबेला फिल्मको व्यस्ताका कारण उनीहरूको विवाह हुन सकेन । यीतबेला यी दुईले विवाहको नयाँ मिति तोेकेका छन् । तीन साताअघि थाइल्यान्डको पताया पुगेर विवाहका लागि व्याचलर पार्टी दिएकी प्रियंकाले यही १५ फागुनमा विवाह गर्ने भएकी छन् ।

दुई महिना यताबाट विवाहको तयारीमा आफ्नै तरिकाले जुटेका अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाले सामाजिक सञ्जालमार्फत शनिबार आफुहरूले विवाहको मिति घोषणा गरेका छन् । आफूहरूको विवाह यही २७ फेब्रुअरीमा हुने तयरी भएको उनीहरूले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यी जोडी बिगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धका कारण उनीहरू बेलाबेलामा चर्चामा पनि आउने गरेका थिए । आफन्त विदेशमा भएको र सबै जनालाई नेपाल बोलाएर भव्य विवाह गर्ने क्रममा एकजुट हुने क्रममा समय लागेको प्रियंकाले बताएकी छन् । अहिले भने सबै एकजुट हुने क्रममा रहेकाले विवाहको मिति तय गरेको उनले सञ्चारकर्मीलाई बताएकी छन् ।

गत असारमा विवाह हुन नसकेपछि यी जोडीलाई निकै दबाब परेको थियो । त्यो दबाबलाई चिर्दै आयुष्मान र प्रियंकाले अन्ततः अबको ११ दिनपछि  विवाह गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित