काठमाडाैं । नेपाली काङ्ग्रेसका संस्थापक नेता एवं जननायक बीपी कोइरालाको ३८ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । हरेक वर्षको साउन ६ गते उनको स्मृति दिवस मनाउने गरिन्छ । राजनितीक र साहित्यीक क्षेत्रमा चर्चित विपीका कांग्रेस पार्टिले आफ्नै तबरले तथा साहित्यकार एवं साहित्यीक प्रतिष्ठानले आफ्नै तबरले मनाएका छन् । बिश्व जनमानसमा देशभक्त र लोकतान्त्रिक समाजबादी शिर्षस्थ नेताका रुपमा परिचित कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर प्रवासबाट स्वदेश फर्केका थिए । उनको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । मुलुकमा सबै राजनितीक पक्षले आज राष्टिय« मेलमिलापको नीतिलाई अँगाल्नु पर्ने आबश्यकता धेरैले गरेका छन् ।
एकतन्त्रीय राणाशसन अन्त्य गरी मुलुकमा प्रजातान्त्रिक आन्दोलनलाई संस्थागत ढङ्गले अघि बढाएर नेपाली काङ्ग्रेसलाई प्रभावशाली राजनीतिक दलका रुपमा स्थापित गराउनमा उनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । नेपाली साहित्यमा पनि गहन र मौलिक स्थान बनाएका कोइरालाको जेल जर्नल, नरेन्द्र दाई, सुम्निमा, मोदी आईन , तीन घुम्ति , हिटलर र यहुदी लगायत दर्जनौ कृतिहरु प्रकाशित छन् । दोषि चस्मा , श्वेत भैरवी कथा संग्रह , विपीको आत्मवृतान्त , विपीका विचारहरु लगायत कृतिहरु चर्चित छन् ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्म वि.सं. १९७१ मा भएको थियो भने वि. स.ं २०३९ साल साउन ६ गतेका दिन उनंको निधन भएको हो । राजनीतिमा समाजवादी र नेपाली साहित्यमा अग्रणी व्यक्तित्वका रुपमा चिनीने बीपीको स्मृतीमा नेपाली काङ्ग्रेश तथा उसका भातृ संगठनहरुले राजधानी लगायत देशका विभिन्न स्थानमा आआफ्नै तबरले बिभित्र कार्यक्रम गरे ।






