मछिन्द्र नयाँ च्याम्पियन


काठमाडौं । मछिन्द्र अघिल्लो सिजन रेलिगेसनबिनाको लिगका कारण शीर्ष श्रेणीमा टिक्न सफल भएको टोली हो । त्यही कमजोर अवस्थाबाट गुज्रिएको मछिन्द्रले यो सिजन लिग जित्ने ठूलो महŒवाकांक्षासहित खेलाडीमा मोटो रकम खर्चियो । मछिन्द्रले यस सिजन खेलाडी अनुबन्धमा खुलेर खर्च ग¥यो ।


खेलाडीको सेवा–सुविधामा कुनै कमी हुन दिएन । साविक विजेता मनाङ–मस्र्याङ्दीबाट ७ तथा थ्री स्टार क्लबबाट पाँच खेलाडीलाई अनुबन्ध ग¥यो । लोनमै मनाङमा रहेका अभिषेक रिजाल र देवेन्द्र तामाङलाई पनि क्लबमा भिœयाउन सफल भयो । व्यक्तिगत खेलाडी हेर्दा मछिन्द्रले आफूलाई सबैभन्दा बलियो टिमका रूपमा उभ्याउँदै लिग जित्ने महŒवाकांक्षा राख्यो । त्यही टोलीले च्याम्पियन बन्न जित्नैपर्ने लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई १–० ले स्तब्ध पार्दै सानमिगेल मछिन्द्र फुटबल क्लब पहिलोपटक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।

मछिन्द्र शीर्ष डिभिजनमा उक्लिएको १४ वर्षपछि लिग च्याम्पियन बन्न सफल भएको हो । यो नतिजाले खेलाडीमा खर्च गरे लिग जित्न सकिने सन्देश दिएको छ । यसअघि मनाङले आठपटक लिगको उपाधि जितेको थियो । त्यस्तै, आरसीटीले ६ पटक, एनआरटी र थ्री स्टारले समान चार–चारपटक उपाधि जितेका छन् ।


लिग च्याम्पियन बन्ने क्रममा मछिन्द्रले १३ खेलबाट ३१ अंक जोड्यो । आर्मी २९ अंक जोडेर दोस्रोमा सीमित बन्यो । गत सिजन रेलिगेसनबिनाको लिगका कारण मछिन्द्रको १ अंक घटाइएको थियो । मछिन्द्र अघिल्लो सिजन पुछारबाट दोस्रो स्थानमा थियो । तर, अघिल्लो वर्षको एक अंक घटाइएपछि मछिन्द्र अन्ततः लिग च्याम्पियन बन्न सफल भयो । मछिन्द्रले २०६२ वर्ष शीर्ष डिभिजनको लिग खेल्न सुरु गरेको थियो । त्यसयता मछिन्द्र मध्यक्रमको टोलीका रूपमा रहेको थियो । मछिन्द्रले हालका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा उच्च प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको थियो ।


यता, आर्मी दोस्रोपटक उपाधिनजिक पुगेर पनि चुकेको छ । बराबरीले पनि लिग च्याम्पियन बन्न पर्याप्त हुने आर्मीले नतिजा मछिन्द्रलाई १–० ले सुम्पियो । २०६१ बाट ‘ए’ डिभिजन लिग खेल्न थालेको आर्मीले २०६३ मा यस्तै नतिजाको सामना गर्दा उपविजेता बन्न पुगेको थियो ।
२०६३ सालमा पनि त्रिभुवन आर्मी अहिलेको जस्तै स्थितिमा थियो । प्रतिद्वन्द्वी भने फरक थियो । त्यो बेला त्रिभुवन आर्मीलाई अर्को विभागीय क्लब नेपाल पुलिसले चुनौती दिएको थियो । उक्त सिजन पनि त्रिभुवन आर्मीलाई अन्तिम खेलमा बराबरीको नतिजा पर्याप्त थियो । पुलिस क्लबलाई भने जित्नैपर्ने थियो । आर्मीले बराबरी नतिजा निकाल्न सकेन । पुलिसलाई नतिजा २–० ले सुम्पदै लिगको उपाधि पनि सुम्पियो । यस सिजन त्रिभुवन आर्मीको हालत त्यसभन्दा फरक हुन सकेन ।


त्रिपुरेश्रस्थित दशरथ रंगशालामा मछिन्द्रले खेलको ३३औं मिनेटमा अग्रता लिएको थियो । रन्जित धिमालले दायाँ कर्नरबाट गरेको क्रसलाई क्लियर गर्ने क्रममा विकास तामाङले गरेको हेड आफ्नै पोस्टमा गोल भएको हो । विकासको त्यही आत्मघाती गोल मछिन्द्रलाई उपाधि जिताउन पर्याप्त बन्यो । नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक विकेश कुथुले सहजै बचाए । १३औं मिनेटमा कप्तान भरत खवासको कर्नरमा विकास खवासको हेडर बाहिरियो । २०औं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो ।


२२औं मिनेटमा सन्तोष तामाङको फ्रि–किकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो । ३३औं मिनेटमा बल बचाउने क्रममा गोलरक्षक विकेश कुथु घाइते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो । दोस्रो हाफको अन्त्यतिर आर्मीले गोलका केही अवसर सिर्जना गरे पनि विशाल राई ‘बी’ र गोलरक्षक विशाल श्रेष्ठ बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्र १–० ले विजयी हुन सफल भयो । जितपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेलाडी र प्रशिक्षकका रूपमा लिग जित्न पाउँदा खुसी लागेको बताए । उनले समयमै गोल निस्कँदा सहज भएको जनाए ।


उपाधिसँगै मछिन्द्रले ५० लाख रुपैयाँ हात पा¥यो । दोस्रो भएको आर्मीले ३५ लाख, तेस्रो भएको मनाङले २५ लाख, चौथो भएको थ्री स्टारले १५ लाख, पाँचौं भएको पुलिसले ७ लाख तथा छैटौं भएको जावलाखेलले ५ लाख रुपैयाँ हात पा¥यो ।
२८ मंसिरबाट १४ टोलीले सिंगल्स लिगका आधारमा गरेको प्रतिस्पर्धाबाट सरस्वती ‘बी’ डिभिजनमा घटुवा भयो । थ्री स्टारले फेयर प्लेको उपाधि जित्न सफल भयो । न्युरोड टिम (एनआरटी) का दर्शन गुरुङ मणि शाह स्मृति युवा खेलाडी घोषित भए । उनले १ लाख रुपैयाँ हात पारे । व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले १ लाख ५० रुपैयाँ प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
भरतपुरमा रेणु दाहाल ३ हजार २४४ मतान्तरले अगाडि