Wednesday, August 5, 2020
Home Uncategorized तीज गीतको नाममा र गाईजात्रे र प्यारोडी आए : मञ्जु पौडेल

तीज गीतको नाममा र गाईजात्रे र प्यारोडी आए : मञ्जु पौडेल

२०६३ मा विरहको तीज…गायनसँगै गायिका मञ्जु पौडेलले तीज गिती यात्रा सुरु भएको थियो । यही गीतबाट पौडेलले आफ्नो गायन यात्रालाई अघि बढाएकी हुन् । यो अवधिमा गायिका पौडेलले तीन दर्जन गीत ल्याइसकेकी छन् । २०६३ देखि गायनमा आए पनि केही समय उनी विभिन्न एफएम र नेपाल टेलिभिजनमा आबद्ध भइन् । एकदशकयता उनी गायनमा सक्रिय बनेकी छन् । प्रायः लोक र लोकदोहोरीमा आफ्नो परिचय बनाएकी मञ्जुले लोक आधुनिक र लोक पप गीत पनि बजारमा ल्याएकी छन् । चुरोट लाइटर…, तलतल लाग्यो मलाई…, जालै रुमाल…, तारो हुन्छ फेरि…, हजुरैले हो…, दामी छरेन्त….उनका चर्चित गीतहरू हुन् । यस्तै, तीज गीतमा छम्मा छम्मा…, बर्गर पिजा…, आदी उमेर…, खैत बाबा बुझेको कुरा बरीलै… जस्ता थुप्रै तीज गीत मञ्जुले बजारमा ल्याइसकेकी छन् । यसैक्रममा उनले यसपटक तीजका लागि भनेर नयाँ तीजैमा…दुई दिन अघि मात्र बजारमा ल्याएकी छन् । तीज गीतको नाममा विकृति बढेको बेला उनले मौलिकतालाई ध्यानमा राखेर यो गीत ल्याएकी हुन् । यसै प्रसङमा राजधानी दैनिकका डब्बु क्षत्रीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कति भयो तीज गीत बजारमा ल्याउन थाल्नुभएको ?
एक दशकयता हरेक वर्ष एउटा तीज गीत ल्याउने गरेको छु । मेरो गायन यात्रा नै १४ वर्षका लागि तीज गीतबाट सुरु भएको हो । दर्शक–श्रोताले पनि मेरो तीज गीत बढी रुचाइदिनुभएकाले हरेक वर्ष तीज गीत ल्याउने गरेकी छु ।

तीज गीतबाट देश विदेशको यात्रा पनि गर्नुभयो हैन त ?
धेरै नै गरें । हुन त श्रोता–दर्शकले मलाई सबै गीतसंगीतमा उत्तिकै मायाँ गर्नुहुन्छ । अर्कोतर्फ म कार्यक्रम सञ्चालक पनि भएकाले मेरो उद्घोषण पनि त्यत्तिकै मन पराउनुहुन्छ । त्यसैले कार्यक्रम सञ्चालकहरू र दर्शकको रोजाइमा पर्ने गरेकी छु । तीजकै लागि विगतमा जापान, अस्ट्रेलिया, बेलायतसहित युरोपियन मुलुक दुबई, कतार, मलेसिया, हङकङ, सिंगापुरजस्ता विभिन्न एसियाली देशहरूमा गाएर गीतसंगीतसँगै स्टेज कार्यक्रम प्रस्तुत गरिसकेकी छु ।

यसपटक विदेश कहाँकहाँ थियो र रोकिँदा कस्तो लागिरहेको छ ?
यसपटक क्यानडा, जापान र दुबईमा कार्यक्रम प्रस्तुत गर्ने पक्काजस्तै भएको थियो । तर, कोभिड–१९ ले गर्दा यसपटक दर्शकहरूलाई मनोरञ्जन दिन पाइएन । त्यहाँ रहेका नेपालीहरूलाई मिस गरिरहेकी छु । किनकि विगत आठ वर्षदेखि विदेशमै रहेका नेपाली दाजुभाइ दिदीबहिनीसँग तिज मनाउँदै आएको थिएँ । यसपटक उहाँहरूलाई सम्झँदै घरमा बसेर आमासँग तीज मनाउँदै छु । किनकि आमासँग तीज नमनाएको पनि आठ वर्ष नै भएको थियो । तीज मात्र हैन, अन्य चाडबाड पनि मेरो गायन प्रस्तुतिका लागि विदेशमै बित्ने गरेको छ ।

पछिल्लो समय तीजको नाममा रक र पप गीत ल्याएर तीजको मौलिक संगीतमा प्रहार गरिएको छ । यसलाई यहाँले कसरी हेर्नुभएको छ ?
यस्ता गीतहरू मलाई तीज गीत लाग्दैन । यी सबै प्यारोडी गीतहरू हुन् । अहिले तीज गीत गायनले सीमा नाघेको छ । अहिले एकथरीका गायक गायिकाको तीज नामका गीतहरू रत्यौली, गाईजात्रे, प्यारोडी भएका छन् । तर, यी सबै क्षणिक मात्र हुन । मौलिक गीत कालजयी हुन्छ । त्यसैले, मैले तीज गीतमा आफ्नो ट्रयाक छोडेको छैन । फ्युजन भए पनि मर्म मारेको छैन । र, आउँदा दिनमा पनि तीजको मौलिकमा मार्ने पनि छैन ।

तीज गीतका नाममा रत्यौली, प्यारोडी, रक, गाउन प्रचलन किन सुरु भएको होला र यस्तालाई सम्बन्धित निकायबाट किन कारबाही नभएको होला ?
यो सस्तो चर्चाका लागि गरिएको हो । टिकटकजस्ता सामाजिक मिडियाले उनीहरूलाई उचाल्ने र चाँडै चर्चामा ल्याउने हुँदा उनीहरूले यस्तो अँगालेको हुन् । तर, देखिरहेको छ कि उनीहरू लामो समयसम्म टिकेका छैनन् । गीतसंगीतको सेन्सर बोर्ड नभएको हुँदा जसले जे गर्दा हुन्छ भन्ने मनपरीतन्त्र भएको छ । अहिलेको यो विकृतिलाई हेर्दा र गीतसंगीतलाई बचाउनका लागि गीतसंगीतसम्बन्धी सेन्सर बोर्ड हुन आवश्यक भइसकेको छ । सेन्सर बोर्ड नभएको अहिलेको अवस्थामा यस्ता विकृतिविरुद्ध जिल्ला प्रशासन कार्यालयले कारबाही अघि बढाउनुपर्छ । अर्कोतर्फ जिल्ला प्रशासन कार्यालयले कारबाही बेलाबेलामा गरेको हो । हामी आफैं छाडा भएर गीतमा यस्ता विकृति आएको र यस्ता गीतले महŒव पाएका हुन् । अहिले नेपाली मौलिक गीतसंगीत संक्रमणकालीन अवस्थामा भएकाले हामी आफैंले सचेतता अपनाएर मौलिकपनलाई अघि बढाउनुपर्ने भएको छ । आशा गरौं, त्यो दिन पनि छिट्टै आउनेछ ।

(Visited 173 times, 2 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कैलारीमा अनिश्चितकालका लागि लकडाउन

धनगढी । क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीसहित तीन जनालाई कोरोना संक्रम देखिएपछि कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिने भएको छ । बुधबार गाउँपालिकाको विपद् व्यवस्थापन समिति,...

थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको...

भर्खरै

भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

बन्दाबन्दीमा एक चौथाइ कर्मचारीको रोजगारी कटौती

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ...

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार...

कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)