क्रिस ४ मा ऋतिकको फरक भूमिका

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन पछिल्लो समय आफ्नो नयाँ फिल्म क्रिस ४ को छायाँकन पूर्व तयारीमा छन् । एक महिनापछिबाट छायाँकन सुरु गर्ने भनिएको यो फिल्मका लागि एक महिना भित्र तयारी राम्रोसँग नपुग्ने उनको कथन छ ।

क्रिस २ र क्रिस ३ मा अभिनेता ऋतिक दोहोरो भूमिकामा मात्र देखिएका थिए । तर क्रिस ४ मा उनी ४ ओटा फरक फरक भूमिकामा प्रस्तुत हुने भएका छन् । त्यो चार ओटै फरक फरक चरित्रमा आफुलाई ढाल्न केही समय लाग्ने उनले बताएका छन् । जसका लागि उनले आफ्नो शरीरका तौल पनि घटाउनु र बढाउनु पर्ने बताएका छन् ।

यो फिल्ममा उनी बिगतको झैं क्रिस र क्रिसको पिताको भूमिकामा त हुन्छन नै । तर बाँकी दुई ओटा भूमिकाको ’boutमा ऋतिक रोशनले अहिलेसम्म खुलाएका छैनन् । आफु चार ओटा भूमिकामा हुने ’bout उनले खुलाए पनि ती भूमिका’bout प्रस्ट हुन फिल्मको टिजर आउँदासम्म कुर्नु पर्ने भएको छ ।

बिगतको जस्तै यो फिल्ममा पनि उनले आफुमाथि हुने अत्याचारको बदला लिने एक युवाको भूमिका निर्वाह गर्दैछन् । तर यसपटक उनले दर्शकले बिगतको भन्दा केही फरक रुपमा आफुलाई प्रस्तुत गर्ने पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : प्रभु साह