बाजुरा । बुढिगंगा नगरपालिकामा ६५ बर्षीय एक पुरुषले आफ्नै छोरीलाई बलात्कार गरी गर्भवती बनाएको खुलासा भएको छ । आफ्नै १४ बर्षीया छोरीलाई गर्भवती बनाएको खुलासा भएको हो । बुवाले विगत ५ वर्षदेखि जबर्जस्ती गर्दै आएको पीडित बालिकाले बयानमा भनेकी छन् ।
१४ बर्षीया छोरीको पेटमा बच्चा भएको थाहा पाएपछि बुवाद्वारा बलात्कार भएको जिल्ला प्रहरी कार्यलय बाजुराका सुचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिएका छन् । कक्षा ६ मा अध्ययनरत बालिका महिनावारी भएको एक वर्षमा मात्र भएको छ । पीडित बालिकाले प्रहरीमा दिएको बयान अनुसार आमा गाईंभैसी लिएर छानामा बस्ने गर्नुहुन्थ्यो, घरमा कोही नभएको बेला आफुमाथि करणी गरेको हो ।
आफुलाई शारिरीक समस्या भएपनि अरु कसैलाई भने आफुलाई मार्छु भनेपछि कसैलाई भन्न नसकेको ती बालिकाले प्रहरी बयानमा भनेकी छन् । १ हप्तासम्म घर भन्दा बाहिर जान दिएनन्, करणीको बेला पनि मुख छोपेको ती बालिका बताँउछिन् । आफुलाई समस्या भएको, बान्ता आएको भन्दा ठिक भइहाल्छ कसैलाई नभन्नु भनेको उनले बताएकी छन् ।
१ हप्ता पहिला ती बालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचमा पुगेपछि स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि मात्र घटना बाहिर आएको हो । बलात्कार गर्ने ६५ बर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यलय बाजुराले प्रक्राउ गरी जबर्जस्ती करणी मुद्धा दर्ता गरी म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी निरिक्षक तथा सुचना अधिकारी दान बहादुर रोकायाले बताएका छन् ।
बालिका भने सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसको संरक्षणमा रहेबी छन् । हाडनाता तथा जबरजस्ती करणी भएको हकमा २८ हप्तासम्म गर्भपतन गराउन पाउने प्राबधान रहेको छ । ती बालिकाको गर्भपतन गर्ने वा के गर्ने भन्ने’bout केही जानकारी नभएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा ती बालिकाको चेक गर्दा २५ देखि २७ हप्ता गर्भ भएको हुन सक्ने चिकित्सले बताएका छन् ।






