Monday, July 26, 2021
Homeबिचारहरियो तरकारीमा बिचौलिया

हरियो तरकारीमा बिचौलिया

,
sharethis

कोरोना महामारीसँगै महँगिँदै गएको तरकारीको मूल्य वर्षा र बाढीको बहानामा झन् बढाइएको छ । प्राकृतिक विपद्सँगै बिचौलियाले हरियो तरकारी बजार आफ्नो हातमा लिएका छन् । पूर्व–पश्चिम राजमार्ग तथा नारायणघाट–मुग्लिङ सडकखण्ड पहिराले केही घण्टा छेकिनेबित्तिकै तरकारीको मूल्य एकै दिनमा दोब्बर बनाइन्छ । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी चारपाँच गुणा फरक गरेर बिक्री गरिन्छ । त्यसो त बिचौलियाले हरेक वर्ष बाढीपहिराको बहानामा हरियो तरकारीको मूल्य दोब्बर तेब्बर बढाएर उपभोक्तालाई निचोरिरहेका हुन्छन् ।

सरकारको सम्बन्धित निकाय काठमाडौंमा भए पनि तरकारी बजारसम्म आएर अनुगमन र निरीक्षण गर्न उसलाई मुग्लिङमा गएको पहिरोले छेकेको हुन्छ

केही दिन वर्षा हुने सूचना पाउनेबित्तिकै केही दिनसम्म नबिग्रने तरकारी स्टोर गर्न थालिन्छ । अहिले काठमाडौं आउने बाटोघाटो त्यति बिग्रिएको छैन । तथापि काठमाडौंका तरकारी बजारमा मूल्य अकासिएको छ । एक एक किलोका हिसाबले खुद्रा तरकारी बिक्री गर्दा त्यसै त महँगो मूल्यमा बिक्री गरिरहेका छन्, त्यसमा झन् मूल्य नै दोब्बर तेब्बर बनाइएपछि उपभोक्ता चरम मारमा परिरहेका छन् । निकै आश्चर्यको कुरा छ– सरकारको सम्बन्धित निकाय काठमाडौंमा भए पनि तरकारी बजारसम्म आएर अनुगमन र निरीक्षण गर्न उसलाई मुग्लिङमा गएको पहिरोले छेकेको हुन्छ । वर्षे भेलमा उर्लिरहेका त्रिशूली, नारायणी, कोसी र कर्णालीका समाचारले उसको बाटो छेकिरहेको हुन्छ । यति नै बेला बिचौलियाको मनपरी मूल्य निर्धारण नै सरकारी मापदण्ड बनिरहेको हुन्छ । उनीहरूको सिधा र बनिबनाउ जवाफ हुन्छ– बाढीका कारणले मूल्य बढेको हो, केही दिनमा घट्छ । यसको अर्थ हुन्छ, उपभोक्ताहरूले धैर्यधारण गर्नुको विकल्प छैन ।

मूल्य निर्धारणको मापदण्ड अविरल वर्षा, पहिरो, भेलबाढी आदि हुने गर्दछ । किनकि यो सबैका लागि स्वाभाविक हुन्छ । कुरो हो पनि, काठमाडौं उपत्यकामा तरकारीको आपूर्ति बाहिरबाट हुन्छ । विशेषतः छिमेकी देश भारतबाट आयात गरिन्छ । बजार अर्थशास्त्री सिद्धान्तका कुरा गर्छन्, बजारमा आपूर्ति कम हुँदा तरकारीको मूल्य स्वाभाविकै रूपमा बढ्छ ।
त्यस्तै, अनुगमन र निरीक्षणकर्ताहरूको सोचमा पनि यही बनीबनाउ बिर्को लागेको हुन्छ । काठमाडौं उपत्यकामा दैनिक १३ सय मेट्रिक टन तरकारी आउनुपर्छ, नआउँदा मूल्य वृद्धि हुन्छ । अहिले कम आएकाले मूल्य बढेको भन्ने जवाफको न त प्रतिप्रश्न छ, न त कुनै औषधीय उपाय । सबैभन्दा ठूलो कुरा छ, धैर्यधारण । कृषिप्रधान देश नेपालमा वर्षा लाग्दा तरकारीको मूल्य अकासिने गर्छ । जनता जान्न चाहन्छन्– बिचौलिया को हुन् भनेर । तर, यो असम्भव बनाइएको छ ।

राज्यसंयन्त्रका हरेक अंगमा कब्जा जमाउँदै आइरहेका बिचौलियाको कुकृत्य अब अन्त्य हुनैपर्छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको वर्तमान सरकारले यो विषयलाई संवेदनशील रूपमा लिएर सशक्त कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ । अहिले पनि वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालयको टोलीले छिटोभन्दा छिटो तरकारी बजार तथा अन्य खाद्य विक्रेतामाथि सशक्त अनुगमन गर्नुपर्छ । वास्तविक कृषक र उपभोक्ता शोषित हुने र पीडित हुने अवस्था अन्त्य गर्नुपर्छ ।

(Visited 138 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

साताका लोकप्रिय समाचार

निर्मला हत्या प्रकरणका तीन वर्ष : अझै अपराधी पत्ता लागेन

  महेन्द्रनगर ।  भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन...

दिउसै अपहरण गरेर बन्धक बनाउने तीनजना पक्राउ

  इटहरी । इटहरीमा दिउँसोको समयमै बन्धक बनाएर मानिस अपहरण गर्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक...

पैसा लिएर बलात्कार घटनामा मिलापत्र गराउने वडा सदस्यसहित ७ जना पक्राउ

  रोल्पा । बलात्कार जस्तो जघन्य अपराधका घटना गाउँमै मिलाएको आरोपमा रोल्पामा एक जना वडा सदस्यसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै जेठाजुबाट...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

रोगको डरले घर, भोकको डरले भारत

  धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अम्मरबहादुर न्यौपाने भारतमा चौकीदारी गर्छन । भारतमा कोरोनाको दोस्रो लहर चलेपछि उनी घर फर्किएका थिए । अहिले...

ट्रेन्डिङ

नयाँ दल दर्ता गर्दै नेपाल समूह !

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी...

इटहरीमा बुधबारदेखि पीसीआर परीक्षण नहुने

इटहरी । इटहरीमा पीसीआर परीक्षण नहुने भएको छ । इटहरी उपमहामनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)