बागलुङमा पहिरोले पुरिँदा ३ जनाको मृत्यु, एक वेवारिसे शव फेला

सांकेतिक तस्वीर

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको पश्चिम क्षेत्र तमानखोला र निसीखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । एक वटा वेवारिसे अवस्थामा शव फेला परेको छ ।

सोमबार राति तमानखोला गाउँपालिका–२ खोलेस्वाङगमा गएको पहिरोले घर पुरिँदा एकै घरमा दाजु बहिनीकोे मृत्यु भएको हो । पहिरोले घर पुरिँदा स्थानीय पानबहादुर रसाइलीका १३ बर्षीय छोरा खेमबहादुर रसाईली र ११ वर्षीया छोरी रिता रसाइलीको शव फेला परेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । पहिरोले पानबहादुरकी श्रीमती ३४ बर्षीया होमकुमारी रसाइली घाइते भएकी छन् । पानबहादुर भने बैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको अध्यक्ष बुढाले बताए ।

रातको समयमा घरमै सुतिरहेको बेलामा आएको पहिरोले दुई बालबालिका पुरिएका थिए भने आमा घाइते अवस्थामा रहेको तमानखोला गाउँपालिकाका स्वास्थ्यशाखा संयोजक तिलक छन्त्यालले बताए । घाइतेको खुट्टामा गम्भीर चोट लागेको र प्राथमिक उपचारपछि थप उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य शाखा संयोजक छन्त्यालले जानकारी दिए ।

रातीकरिब १ बजेको समयमा स्थानियले पहिरो गएको थाहापाई खबर गरेपछि बोङदोभानबाट प्रहरीसहित स्वास्थ्यकर्र्मीको टोली उद्धारका लागि घट्नास्थलमापुगेको थियो । स्थानीय र प्रहरीको सक्रियतामा घाइतेलाई उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । पहिरोले स्थानिय ६८ बर्षीय फुलमाया कामीको घरमा पनि आंशिक क्षति पु-याएको छ भने अन्यतिन घर जोखिममा रहेको स्वास्थ्य संयोजक छन्त्यालले बताए ।

उता, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायवउपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्र्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)