जनप्रतिनिधीकै रोहबरमा भएको प्राकृतिक दोहान स्थानियले रोके

सप्तरी, राजविराज । सडक ग्राभेलका लागि भन्दै चुरे क्षेत्रबाट भइरहेको बालुवा, डुङ्गा र गिटी उत्खनन् तथा निकासी स्थानियले रोकेका छन् ।

सप्तरीको खडक नगरपालिकाको खडक नदी र डुमरजोल खोलाबाट बिगत १५ दिनदेखी सडक ग्राभेलका लागि भन्दै स्थानिय जनप्रतिनिधिकै निर्देशनमा ढुङ्गा, गिटि र बालुवा झिकेर लैजाने गरिएको थियो । अत्याधिक दोहनले खोलाको मुहान सुख्ने र वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने भन्दै बुधबारदेखी स्थानियले उत्खनन् तथा निकासी कार्य रोकेका हुन् ।

स्थानियवासी दिपेश कर्णले वडा नं. ८ का अध्यक्ष इसराइल मियाँ र वडा नं. ९ का अध्यक्ष इजारुल मियाँले आ–आफ्नो वडामा बाटो ग्राभेल गर्ने प्रयोजनका लागि भन्दै प्रतिबन्धित क्षेत्रको नदी खोलाबाट लामो समयदेखी बालु, ढुङ्गा र गिटि उत्खनन् गरि लैजाँदै गरेको र सो रोक्न पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले बाध्य भई स्थानियवासी मिली उत्खनन् र निकासी कार्य रोकेको बताए ।

सो क्रममा विवाद हुँदा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले दुबै पक्षलाई राखी उत्खनन् कार्य बन्द गर्ने निर्णय गरेको प्रहरीले जनाएको छ । चुरे क्षेत्रबाट जथाभावी ढुङ्गा, गिटी र बालुवा उत्खनन् हुँदा केही वर्षमै चुरे विनास हुने कुरा जनप्रतिनिधीहरुलाई थाहा हुँदा हुँदै यसलाई रोक्नुको सट्टा स्वंम त्यस्ता कार्यमा लाग्नु गलत भएको भन्दै स्थानियले यस्ता प्रबृती बिरुद्ध कडाई गर्नुपर्ने माँग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 608 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश