बाजुरामा पहिरोमा परी १ जना बेपत्ता, २ जना घाइते

सांकेतिक तस्वीर

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–१ अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । बेपत्ता हुनेमा सोही नगरपालिका– १ अम्कोट निबासी २१ वर्षीय धर्मराज पाध्याय रहेका छन् ।

बाख्रो चराउन गएको बेला माथिबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय ज्ञानराज पाध्याय र १६ वर्षीय हरेन्द्र पाध्याय रहेका छन् । प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्ये १ जना सामान्य र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

ज्ञानराज पाध्यायको अबस्था गम्भीर र हरेन्द्र पाध्यायको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ बेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायालले बताएका छन । आज दिउसो ३ बजेतिर बाख्रा चराउन गएको बेला सो घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 426 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी