जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गर्दै आएको सेवाको ढाँचा परिवर्तन हुने

काठमाडौं ।  कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गरिदै आएको सेवाको ढाँचालाई परिवर्तन गरेको छ । प्रसासन कार्यालय काठमाडौंले कोरोना संक्रमणका कारण सरकारी कार्यालयमा भिडभाड हुन नदिन र सामाजिक दूरी कायम राख्न आग्रह गर्दै १८ साउनदेखि अर्को सुचना जारी नहुँदासम्मका लागि सेवा प्रवाहको ढाँचा परिवर्तन हुने जनाएको हो ।

जसअनुसार नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नविकरण आदी सेवाहरु आइतबार काठमाडौं महानगरपालिका, सोमबार किर्तिपुर, नागार्जून, चन्द्रागिरी नगरपालिका मंगलबार काठमाडौं महानगरपालिका, बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिका, बिहिबारकाठमाडौं महानगर र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका स्थानीयहरुका लागि प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै पत्रपत्रिका संघ संस्था दर्ता र नवीकरण अन्तर्गत संघसंस्था दर्ता सोमबार र बुधबार, नविकरण आइतबार, मंगलबार र बिहिबार पत्रपत्रिका छापाखाना दर्ता र विधान संसोधन शुक्रबार र प्रतिलिपि पत्राचार प्रत्येक दिन ४ बजेपछि हुने छ ।

यसैगरी शान्ति सुरक्षाको निवेदन र मुद्धासम्वन्धि कार्यहरु तथा सरकारी कार्यालय र आयोजनासँग सम्वन्धित समन्वय र छलफल सबै दिन कार्यालय समयमा हुने छ ।

प्रसासन कार्यालय काठमाडौंले सो किसिमको ढाँचा नेपाल सरकार मन्त्रीपरिषद्को गत ५ साउनको निर्णय अनुसार जारी आदेश र काठमाडौं भक्तपुर र ललितपुरको डिसिसिएमसीको गत १२ गतेको संयुक्त बैठकको निर्णय अनुसार भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी