Saturday, September 26, 2020
Home Editor-Picks विश्वविद्यालयहरूमा ९ अर्ब बेरुजु

विश्वविद्यालयहरूमा ९ अर्ब बेरुजु

काठमाडौं । देशभर रहेका विश्वविद्यालयहरूको खर्च प्रणालीमा प्रश्न उठेको छ । आठ वटा विश्वविद्यालयका नाममा नौ अर्ब रुपैयाँ बेरुजु देखिएको हो ।

सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयको नाममा ८ अर्ब ९५ करोड ६७ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । जसअन्तर्गत सबैभन्दा धेरै देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ८ अर्ब ४४ करोड १३ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्रिविले ३४ करोड ६७ लाख ९३ हजार रुपैयाँ बेरुजु असुल्न बाँकी रहेको छ ।

त्रिविअन्तर्गत पाँच अध्ययन संस्थान, चार अनुसन्धान केन्द्र, ६२ आंगिक क्याम्पस, ४० केन्द्रीय विभाग, चार शिक्षण स्कुल र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय हाताभित्र क्रिकेट खेल मैदान सञ्चालनका लागि भाँडामा दिएको ४८ लाख ५५ हजार रुपैयाँ असुल हुन नसकेको देखिएको छ ।

यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ४० करोड ५९ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । सो विश्वविद्यालयले १७ लाख ९३ हजार बेरुजु असुल्न सकेको छैन ।

–त्रिविको मात्रै साढे आठ अर्ब

नेपाल संस्कृत विश्वविद्यालयको ५ करोड ४८ लाख बेरुजु देखिएको छ । संस्कृत विश्वविद्यालयले १२ लाख १३ हजार रुपैयाँ असुल्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस   अझै छाडेन विपद्ले

सुदूरपश्चिम विश्वविद्यालयको नाममा १ करोड २१ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । विश्वविद्यालयले ८ लाख १३ हजार रुपैयाँ असुल्नुपर्ने देखिन्छ ।

लुम्बिनी विश्वविद्यालयको १५ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लुम्बिनी विश्वविद्यालयले १५ हजार रुपैयाँ अझै असुल्न सकेको छैन ।

यस्तै, पोखरा विश्वविद्यालयको ५२ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, १६ लाख ९२ हजार रुपैयाँ पोखरा विश्वविद्यालयले असुल गर्नुपर्ने देखिएको छ । कृषि तथा वन विश्वविद्यालयको नाममा ३ करोड ९९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखापरीक्षकको ५७औं प्रतिवेदनले औंल्याएको छ । सो विश्वविद्यालयले ९३ लाख ७५ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

राजर्षि जनक विश्वविद्यालयको १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोहीबराबरको रकम असुल गर्नुपर्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । बेरुजु रकम अत्यधिक हुँदा विश्वविद्यालय आर्थिक प्रणालीमा मितव्ययी बन्न नसकेको सरोकारवालाहरू बताउँछन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

भर्खरै

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२...

नेपालको अर्थतन्त्र सकारात्मक, चालू खाता र शोधनान्तर बचतमा

काठमाडौं । अर्थतन्त्रका दुई सूचक सकारात्मक देखिएका छन् । सरकारको साउन महिनाको तथ्यांकअनुसार चालू खाता र शोधानान्तर स्थिति बचतमा देखिएको हो ।  नेपाल राष्ट्र...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,...

धेरै पढिएका

दैलेखमा थप ११३ जना कोरोना संक्रमण, संक्रमित संख्या २१८ पुग्यो

दैलेख । बिहिबार नयाँ कोरोना संक्रमित ११३ जना थपिएर दैलेखमा पोजेटिभको संख्या २१८ पुगेको छ । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकामा १०८ जना, नौमुले...

सुदूरपश्चिममा थपिए १ सय ६३ जना कोरोना संक्रमित

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा शनिबार १ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परिक्षणमा डोटी जिल्लाका ९२ जना,...

चौथो खप्तड गोल्डकप : विभागीय टीम एपिएफ क्वाटरफाइनलमा

धनगढी। नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तर्गत शनिवार भएको खेलमा विभागीय टीम एपीएफ विजयी...

कोभिड–१९ रोकथाममा खटिएका चिकित्सक भन्छन्– हामी आफैं चनाखो छौं, किन डराउने ?

काठमाडौं । कोभिड–१९ रोकथाममा सक्रिय चिकित्सकले आफू सचेत हुँदै संक्रमितको उपचारमा खटिएको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर...

ई-पेपर

(Visited 63 times, 1 visits today)