संखुवासभाको भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिन अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । भोटखोला गाउँपालिका २ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर संचार सेवा अवरुद्ध भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि भोटखोला गाउँपालिका नै सञ्चार सेवाबाट बन्चित भएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको दूर सञ्चार कार्यालयका सूचना अधिकारी मोक्तानले बताए । अवरुद्ध टेलिफोन अहिले सूचारु हुन्छ भन्ने यकिन भईनसकेको मोक्तानले बताए । भोटखोलाको माक्पालुङ टावरमा समस्या देखिएपछि हामीले त्यस क्षेत्रमा प्राविधिक टोली पठाई सकेको दूर सञ्चार कार्यालयका सूचना अधिकारी मोक्तानले बताए ।

अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गरे । १५ दिन बित्दासमेत सरोकारवाला निकाय चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला–२ च्याम्ताङका आङजुङ भोटेले बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनु परेको छ ।

उत्तरी क्षेत्र भोटखोलाको टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरे छ । विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् ।

जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्च नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ । संखुवासभाका छ स्थानका बिटिएस टावर सोलर पावरको भरमा मात्र सञ्चालन छन् । चिचिला गाउँपालिकाको छ्याङकुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायतमा स्थानमा सोलार पावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 858 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ