इलाम । इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औं प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो ।
इलामको चार नगरपालिका र छ गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ मा ६४ करोड ८५ लाख तीन हजार रुपैयाँ बेरुजु देखिएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
इलामको माई नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ मा ८९ करोड ४० लाख ३२ हजार रुपैयाँको लेखा परिक्षणमा गर्दा एक करोड १७ लाख ४६ हजार रुपैयाँ बेरुजु पाइएको छ । आव ०७४/७५ मा माइ नगरपालिकाको ७६ करोड ९४ लाख ७९ हजार रुपैयाँ लेखा परिक्षण गर्दा ४० करोड ५२ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो । माई नगरपालिकाले ३९ करोड ३४ लाख ९७ हजार रुपैयाँको बेरुजु फरस्योट गरेको छ । माई नगरपालिकाले बेरुजुको ठूलो रकम फरस्योट गरेपछि इलाम जिल्लाकै बेरुजु रकम घटेको छ । तर, माई नगरपालिकाको बाहेक अन्य स्थानीय तहको भने बेरुजु रकम बढ्दै गएको पाइएको छ ।
आर्थिक वर्ष ०७५/०७६ मा इलाम नगरपालिकाको एक अर्ब ७० करोड ४६ लाख ९१ हजार रुपैयाँको लेखा परिक्षण गर्दा १३ करोड ४१ लाख ७० हजार बेरुजु देखिएको हो । आर्थिक वर्ष ०७४/७५ मा एक अर्ब ३० करोड ८२ लाख ४८ हजार रुपैयाँ लेखा परिक्षणमा दुई करोड ३४ लाख १४ हजार बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
सूर्योदय नगरपालिकामा आव ०७५/७६ मा एक अर्ब ४७ करोड १५ लाख २५ हजारको लेखा परिक्षण गर्दा ९ करोड ५५ लाख ५४ हजार बेरुजु देखिएको छ । आव ०७४/७५ मा एक अर्ब १२ करोड ६८ लाख ७४ हजार रुपैयाँ लेखा परिक्षण गर्दा ८२ लाख ९३ हजार बेरुजु देखिएको थियो । त्यस्तै देउमाई नगरपालिकामा एक अर्ब ४३ करोड ५० लाख तीन हजार रुपैयाँको लेखा परिक्षण गर्दा ४२ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको छ । आव २०७४/७५ मा ८ करोड २५ लाख ५० हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा २८ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।
गाउँपालिका मध्ये सबैभन्दा बढी माईजोगमाई गाउँपालिकाको बेरुजु देखिएको छ । माइजोगमाई गाउँपालिकाको आव २०७५/७६ मा ७२ करोड ५० लाख ७० हजार रुपैयाँको लेखा परिक्षण गर्दा ११ करोड ५१ लाख ८० हजार रुपैयाँ बेरुजु देखिएको छ । आव ०७४/७५ मा ५१ करोड ८८ लाख ३१ हजारको परिक्षण गर्दा ६५ लाख १३ हजार रुपैयाँ बेरुजु रहेको थियो ।
फाकफोकथुम गाउँपालिकाको आव २०७५/७६ मा ६७ करोड ४१ लाख ४४ हजार लेखा परिक्षणमा एक करोड ५८ लाख ५४ हजार रुपैया बेरुजु देखिएको छ । आव २०७४/७५ मा ६१ करोड ५४ लाख ७९ हजार लेखा परिक्षण गर्दा १४ करोड ६५ लाख १३ हजार बेरुजु देखिएको थियो ।
त्यस्तै चुलाचुली गाउँपालिकामा आव ०७५/७६ मा ६७ करोड ७७ लाख ५९ हजार लेखा परिक्षण गर्दा एक करोड २३ लाख ५५ हजार बेरुजु देखिएको हो । आव ०७४/७५ मा ५१ करोड ६३ लाख ९३ हजारलेखा परिक्षण गर्दा एक करोड १५ लाख २८ हजार बेरुजु देखिएको थियो । चुलाचुलीको महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा हालसम्म चार करोड १२ लाख १७ हजार बेरुजु मैजुदा रहेको देखिन्छ ।
सन्दकपुर गाउँपालिकाको आव २०७५/७६ मा ५९ करोड ३७ लाख ५४ हजार लेखा परिक्षण गर्दा चार करोड ७५ लाख दुईहजार बेरुजु देखिएको छ । अघिल्लो आर्थिक वर्ष आव २०७४/७५ मा ४६ करोड ८७ लाख २४ हजार लेखा परिक्षण गर्दा दुई करोड ११ लाख ८० हजार बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।
यस्तै रोङ गाउँपालिकाको आव २०६५/७६ मा ७१ करोड ३५ लाख ६५ हजार लेखा परिक्षणमा चार करोड ४१ लाख २८ हजार बेरुजु देखिएको छ । आव २०७४/०७५ मा ५७ करोड २३ लाख ३४ हजार रुपैयाँ लेखा परिक्षणमध्ये ४० लाख ६९ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी माङसेबुङ गाउँपालिकाको आव २०७५/७६ मा ६४ करोड ७१ लाख २९ हजार रुपैयाँ लेखा परिक्षण गर्दा पाँच करोड ८६ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ भने आव २०७४/७५ मा ४९ करोड ९४ लाख १२ हजार रुपैया लेखा परिक्षणमा एक करोड ८९ लाख १४ हजार बेरुजु देखिएको छ ।
यता जिल्ला समन्वय समिति इलाममा आर्थिक वर्ष २०७५/७६ मा २७ लाख एक हजार रुपैयाँ बेरुजु देखिएको छ । आव ०७४/७५ मा दश हजार रुपैयाँ बेरुजु छ । खर्च गर्ने अख्तियारी पाएका संस्थाहरुले कानुन बमोजिम आवश्यक कागजपत्र पुरा नगरी गरिएको आर्थिक कारोबारलाई महालेखा परिक्षकको कार्यालयले परिक्षण गर्दा बेरुजु रकमको रुपमा दर्ज गर्छ । कानुन सम्बत तरिकाले खर्च नगर्दा स्थानीय तहले गरिरहेको खर्चमाथी प्रश्न उठ्ने गरेको छ ।