जंगलमा त्रिपालभित्र पहिरो पिडित

कालिकोट । बाढी र पहिरोबाट पिडित ३२ घरधुरि त्रिपालमा वस्न बाध्य भएका छन् । जिल्लाको शान्नि त्रिवेणि गाउँपालिका वडा नं ६ पोरिबोनमा आएको भिषण पहिरोले पोरिबोनका ३२ घरधुरि पहिरोको उच्च जोखिममा रहेकाले सोहि वडाको डोप्का सामुदायिक वनमा त्रिपाल टाँगेर वसिरहेका छन् ।

गएको साउन १५ गते आएको भिषण पहिरोले घर बगाउदा दुई जनाको ज्यान गएको थियो भने ३२ घरहरु उच्च जोखिम रहेको थियो । उनीहरुको सुरक्षाका लागि सामुदायिक वनमा त्रिपाल टाँगेर राख्नु परेको हो ।

‘पहिरोबाट बच्न हामि २० घरहरु जंगलमा त्रिपाल टाँगेर वस्न बाध्य भएका छौ । पहिरो पीडित उदे सार्कीले भनें ‘पहिरो पिडितहरुको समस्या वुझ्न अहिले सम्म स्थानिय सरकार आएको छैन ।’ आफंलेै त्रिपाल किनेर २० घर परिवार जंगलमा बसिरहेको उनको भनाई थियो । ‘गाउनै पहिरोमा जोखिममा रहेकले सुरक्षित हुन जंगलमा वसिरहेका छौ । तर, ‘जंगलमा खान वस्न र पानीको अभाव छ ।’ उनले भने ।

वडा अध्यक्ष रंगराज सार्किले पहिरो पिडित ३२ घरधुरिको व्यवस्थापनको लागि त्रिपालको तत्काल व्यवस्थ गर्ने बताए । पहिरोले बाटो पुर्णरुपमा अवरुद्ध भएकाले तत्काल त्रिपाल किनेर दिने र खाने पानी र राहतको लागि जुटीरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !