रौतहट । रौतहटमा एकजना वडाध्यक्षको निधन भएको छ । जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुरको आज सोमबार बिहान निधन भएको हो ।
आइतबार मध्यरातमा ठाकुरलाई श्वास फेर्न गाह्रो भएपछि परिवारले उपचारको लागि गौरस्थित निजी अस्पतालमा ल्याउदै गर्दा उनको बाटोमै ज्यान गएको गौरनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनबन्धु यादबले जानकारी दिए । उनको शब गौरमा रहेको उनकै घरमा राखिएको छ ।
तीनदिन पहिले निजको आरडिटी गरिएको र आरडिटीको रिजल्ट नेगेटिभ भएको स्वास्थ्य संयोजक यादबले जानकारी दिए । मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको लक्षण देखिएको यादबले बताए । ज्वरो, रुघा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या रहेको स्वास्थ्य संयोजक यादबले बताए ।
वडाध्यक्ष ठाकुर प्रेसर र सुगर पीडित रहेको समेत उनले जानकारी दिए । कन्ट्रयाक ट्रेसिङको आधारमा उनका परिवारहरुको पिसिआर गर्ने उनले जानकारी दिए ।






