आयोगले निर्वाचन दिवस मनाउने

काठमाडौं । निर्वाचन आयोगले फागुन ६ र ७ गते विभिन्न कार्यक्रमहरू गरी चौथो निर्वाचन दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम अनुसार फागुन ७ गते आयोग परिसरमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, निर्वाचन स्मारिका र निर्वाचन न्याय, स्रोत पुस्तिकाको लोकार्पण हुनेछ ।

त्यसपछि आयोग र अन्तरगत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । फागुन ७ गते बिहान ‘स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन’ विषयक रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिने छ भने फागुन ६ गते बिहान रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम प्रसारण गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फागुन ६ गते आयोग परिसरमा वृक्षरोपण तथा सरसफाइ, खेलकद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदान कार्यक्रम गरिने भएको छ । त्यसैगरी सोही दिन निर्वाचन आयोगको मिडिया सेन्टरमा प्रमुख निर्वाचन आयुक्तले निर्वाचन तथा मतदाता शिक्षा हाते पुस्तिका लोकार्पणका साथै उपनिर्वाचन, २०७६ को संक्षिप्त भिडियो प्रदर्शन र निर्वाचनको आवश्यकता तथा महत्वको विषय सन्दर्भको ‘एक भोट नामक’ फिल्म प्रदर्शन गर्ने तथा आयोग वा अन्तर्गत २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल