Tuesday, September 29, 2020
Home प्रदेश प्रदेश ३ काठमाडौं महानगरलाई सुशासनयुक्त र मितव्ययी बनाउने कार्यको थालनी

काठमाडौं महानगरलाई सुशासनयुक्त र मितव्ययी बनाउने कार्यको थालनी

अनावश्यक खर्चमा भारी कटौती

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा भइरहेका अनावश्यक खर्चमा भारी कटौती गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले महानगरलाई मितव्ययी र सुशासनयुक्त राख्ने उद्देश्यले अनावश्यक खर्च कटौतीको निर्णय गरेका हुन् । अर्याल महानगरमा आएपछि महानगरमा थुप्रै सुधारका कार्यको थालनी भएको छ । उनकै पहलमा महानगरलाई स्मार्ट सिटी बनाउने गरी महŒवपूर्ण कार्यहरु प्रारम्भ भइसकेको छ । हाल आएर अर्यालले नै अनावश्यक खर्च कटौती गर्ने अभियानको थालनी गरेका हुन् ।

यसरी अनावश्यक खर्च कटौती गर्दा महानगरलाई वार्षिक ८ करोड बचत हुने देखिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरलाई मितव्ययी र सुशासनयुक्त राख्ने उद्देश्यले इन्धन, अनावश्यक भत्ता र खाजा खर्चमा भारी रूपमा कटौती गरिएको जानकारी दिए ।

महानगरलाई मितव्ययी र सुशासनयुक्त राख्ने उद्देश्यले इन्धन, अनावश्यक भत्ता र खाजा खर्च कटौती गरेका हौं ।
– एकनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत, काठमाडौं महानगरपालिका

महालेखापरीक्षकको कार्यालयको ५७औं प्रतिवेदनले पनि काठमाडांै महानगरपालिकाले विभिन्न भत्ता र सुविधाका नाममा अनावश्यक खर्च गरेकाले त्यस्ता खर्च कटौती गर्न सुुझाव दिएको थियो । महालेखाको सुझावलाई समेत मध्यनजर गर्दै महानगरमा हुने अनावश्यक खर्च कटौती गरिएको अर्यालले बताए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार महानगरले साउनदेखि नै लागू हुने गरी विभिन्न किसिमका भत्ता कटौती गरेको हो । यसैगरी, अर्यालले महानगरका पदाधिकारीहरुले प्रयोग गर्ने गाडीका लागि आवश्यक पर्ने पेट्रोलको सीमासमेत निर्धारण गरिदिएका छन् । यसअघि अधिकारीहरुले आफूखुसी सयौं लिटर पेट्रोल प्रयोग गर्दै आइरहेका थिए । अब भने प्रमुख प्रशासकीय अधिकृतका लागि मासिक १ सय लिटर, सहसचिवका लागि ८० लिटर र महाशाखा प्रमुखका लागि ७० लिटर तेल मात्रै प्रयोग गर्न दिइनेछ । यसैगरी, मोटरसाइकल चालकले मासिक १० लिटर मात्रै तेल पाउने निर्णय भएको छ ।

महानगरपालिकामा हुने अन्य अनावश्यक खर्च कटौती गर्न आवश्यक अध्ययन गर्न महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा खर्च कटौतीसम्बन्धी अध्ययन कार्यदल गठन गरिएको छ । सो कार्यदलले १५ दिनभित्र अध्ययन गरी सुझाव पेस गर्ने र सोहीअनुसार अन्य शीर्षकमा भइरहेका खर्चहरु समेत कटौती गरिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

महानगरमा हाल ५० वटा गाडीहरु छन् । ती गाडीहरु जथाभावी सञ्चालन हुँदा इन्धनमा मात्रै मासिक लाखांै रुपैयाँ खर्च हुँदै आइरहेको थियो । तर अब भने ती गाडीहरु समेत व्यवस्थित रूपमा सञ्चालन हुनेछन् र जभाभावी इन्धन प्रयोग गर्न नपाइने गरी नियम बनाइएको छ ।

(Visited 57 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

साँढेको जुधाइ बाछाको मिचाइ, अति भो !

त्यसो त नेपालको राजनीति सदियौंदेखि सीमित वर्ग, समूह एवं व्यक्तिको सुविधाको माध्यम बन्दै आएको छ । लामो राजनीतिक लडाइँपश्चात् संविधानसभाबाट संविधान निर्माण र आमनिर्वाचनबाट...

आफ्नै टौवामा उम्रेको च्याउ खाँदा तीन जना अचेत

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खाएर ३ जना विरामी परेका छन् । कावासोती १२ पिठौली बस्ने एकै घरका ३...

अध्यादेश पार्टी फुटाउनका लागि होइनः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका...

गुल्मीका शिक्षकलाई कसरी लाग्यो कोरोना ? यस्तो छ नालीबेली

गुल्मी । गुल्मीमा एकजनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएर मृत्यु भएसँगै जिल्लामा त्रास फैलिएको छ । जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक...

ई-पेपर

(Visited 63 times, 1 visits today)