Saturday, September 26, 2020
Home प्रदेश बुलेट बाईक सहित बेपत्ता पंकज मृत भेटिए

बुलेट बाईक सहित बेपत्ता पंकज मृत भेटिए

स्याङ्जा । बुलेट बाईक सहित एक महिनादेखि बेपत्ता स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. २ भालुपहाडस्थित भिरमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिए । पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले पहिचान गरेको कणेलको भनाई छ । यसअघि आईतवार सिद्धार्थ राजमार्ग भन्दा ५/६ सय मीटर तल भालुपहाडको फेदी स्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गतेदेखि बुलेट मोटरसाईकल सहित बेपत्ता भएका थिए । पुतलीबजार नगरपालिकाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम पटक सम्पर्कमा आएका उनी त्यही दिन देखि बेपत्ता रहेका थिए । बेपत्ता भएपछि गिरीका परिवारले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी सहितको निवेदन दर्ता गरेका थिए । खोलामा माछा मार्न गएका व्यक्तिले खोलामा मोटर साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीसहितको टोली सोमबार बिहानैबाट पंकजको खोजीमा जुटेको थियो ।

यो पनि पढ्नुहोस   पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा बस्दै आएका मृतक गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिडेको आफन्तको भनाई छ । घटनाबारे अनुसन्धान शुरु गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।

(Visited 672 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध

तीन दशक लामो कूटनीतिक क्षेत्रको अनुभव सँगालेका विनयमोहन क्वात्राको नेपाल आगमन चासोको विषय बनेको छ । छिमेकी राष्ट्र भारतले नेपालका लागि...

कैलालीमा आइसोलेसनमा महिलाको मृत्यु

धनगढी । कैलालीमा आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार...

नारायणी नदीको बहाव ४४ वर्षयताको उच्च

चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको...

सहरी राज्यमन्त्रीको १०० दिन : फोहोर व्यवस्थापन मुख्य प्राथमिकता

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो कार्यकाल सय दिन पुगेको उपलक्ष्यमा उपलब्धि सार्वजनिक गरेका छन् । सय दिनको प्रगति विवरण...

ई-पेपर

(Visited 63 times, 1 visits today)