Tuesday, September 29, 2020
Home प्रदेश झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सात संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ सय नाघ्यो

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।

करिब एक दर्जन व्यक्तिले अर्कै नाम र ठेगाना लेखाएर स्वाब संकलन गराएकोमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएका कारण सोमबारदेखी नागरिकता वा परिचय खुल्ने अन्य कुनै प्रमाणपत्र स्वाब परिक्षणका क्रममा अनिवार्य गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले झुठो विवरण पेश गरि स्वाब परिक्षणमा आएका १२ जनामा पोजेटिभ देखिएपनि उनीहरुको खोजीमै हैरानी थपिएको बताए ।

अथक महिनेत गरेर ती मध्येका १० जना पत्ता लागेपनि २ जना अझैं फेला पर्न नसकेको र खोजीकार्य जारि रहेको उनको भनाई छ । कोरोना संक्रमणको कुरा छरछिमेक वा समाजमा अरुलाई जानकारी भएमा हेला वा फरक व्यबहार हुन सक्ने भएका कारण यस्तो प्रबृती बढेको हुन सक्ने आंकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले झुठो विवरण दिनेमा अधिकांश लागुऔषध सेवनमा लागेका यूवाहरु नै रहेको जानकारी दिएका छन् ।

गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले कोरोनाको संक्रमण बढी रहेको अवस्थामा सहि विवरण समेत नदिएर स्वाब जचाउन आउनेका कारण उनीहरुको खोजिमा धेरै समय खर्चिनु परेको बताउँदै यसले श्रोत र साधनको समेत दुरुपयोग भएको गुनासो गरे ।

‘लागु औषध सेवनकर्ता त छदैछन्’, उनले भने “जान्ने बुझ्ने र समाजका अगुवा समेत रहेका व्यक्तिबाट पनि झुठो विवरण लेखाउने गरेको खुलेको छ ।” डा. झाले पहिचान खुल्ने परिचय पत्रका आधारमा स्वाब संकलनको व्यवस्था सोमबारदेखी लागु गरिएको हुनाले धेरै हदसम्म यो समस्या हट्ने विश्वास व्यक्त गरेका छन् ।

यता जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दैनिक बढ्दो छ । आइतबार राती २७ जना संक्रमित थपिएको जिल्लामा सोमबार थप ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका सबै राजविराज नगरपालिका वडा नं. ८ का बासिन्दा रहेको डा. झाले जानकारी दिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३१ पुगेको छ ।

समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि गत साउन ८ गतेदेखी राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारि गरिएको छ । यस्तै जिल्लाका सबै स्थानिय तहले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सेवा प्रवाह बन्द गरेको छ । जसकारण सप्तरीको जनजिवन नराम्ररी प्रभावित भएको छ ।

(Visited 124 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

स्वास्थ्य क्षेत्रमा दाताको सहयोग, मनलाग्दी खर्च

काठमाडौं । स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध...

नागरिकता विधेयक खारेजीको माग गर्दै मसाल जुलुस प्रदर्शन

सप्तरी, राजविराज । नागरिकता विधेयक खारेजीको माँग गर्दै सदरमुकाम राजविराजमा बिहीबार मसाल जुलुससहित बिरोध प्रदर्शन गरिएको छ । नेवि संघ सप्तरीले नागरिकता विधेयक बिरुद्ध मसाल...

सिटीको प्रतिबन्ध फुकुवा

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था (यूईएफए)ले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउनेगरी लाएको प्रतिबन्ध फुकवा भएको छ । सिटीले...

बन्दाबन्दीको विकल्प बन्दाबन्दी

काठमाडौं । सबैको प्रतिक्षा २५ वैशाख, अब ८ दिनपछि के होला ? लकडाउन खुकुलो होला या थप शशक्त बन्ला । यो प्रश्नको उत्तर खोज्न...

ई-पेपर

(Visited 63 times, 1 visits today)