Saturday, September 19, 2020
Home बिचार निर्मला प्रकरण, अनुसन्धान र यातना

निर्मला प्रकरण, अनुसन्धान र यातना

निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको तथा प्रहरी अनुसन्धानमा रहेका दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा मुद्दा चलाइएका आठ प्रहरी अन्ततः निर्दोष ठहरिए । अदालतको आदेशले उनीहरूउपर झुटो मुद्दा लगाइएको प्रमाणित ग¥यो । दबाब र आरोपकै भरमा चलाइने मुद्दा सफल हुँदैनन् भन्ने यो दृष्टान्त पनि हो । निर्मला हत्याका सम्बन्धमा तत्कालका सबुत प्रमाण नष्ट भएका थिएनन्, उपलब्ध सबुतकै आधारमा कसुरदारलाई प्रहरीले कानुनको दायरामा ल्याउनुपर्दछ भन्ने संकेत पनि फैसलाले दिएको छ । अब भने प्रमाण लोप भएकै कारण प्रहरी अनुसन्धान अलमलियो भनी ढिलाइ गर्ने अवस्था रहेन । यसैले, अनुसन्धानका निम्ति प्रहरीले अझै तदारुकता अपनाउनुपर्ने अवस्था आएको छ । बलात्कारपछिको यो हत्याकाण्ड नेपाल प्रहरीकै प्रतिष्ठा र चुनौतीको विषय बन्दै आएको छ । अहिलेसम्म अनुसन्धानको क्रममा केन्द्रीय, प्रदेशस्तरीय तथा जिल्लास्तरीय अनेकौं छानबिन टोली घटनास्थल पुगे पनि घटनाको जड पहिल्याउन सकेको देखिँदैन । उपलब्ध गरेको आंशिक तथ्यमा यथेष्ट आधार नहुँदा अनुसन्धान अन्त्य भएन ।

कसुरदारले यसरी अपराध ग-यो भन्ने कुरा लास, लास प्राप्त स्थल र प्रारम्भिक घटनास्थलले नै मौन भाषामा बताइरहेको हुन्छ । यो भाषा अनुसन्धान अधिकृतले बुझ्न सक्नुपर्दछ । सबुतले बोल्ने मौन भाषा बुझ्न अनुसन्धान अधिकृत पनि दक्ष हुनैपर्दछ । सतही ज्ञानले मात्र यस्तो भाषा बुझ्न सकिँदैन । बलात्कारपछिको हत्यामा कसुरदारको पहिचान खुल्न सक्ने यथेष्ट प्रमाण हुन्छन् । जस्तो मृतकको गुप्ताङमा हुने स्वाब, लगाएको कपडा वा शरीरको भागमा वीर्य, मृतको शरीर र लुगामा प्राप्त हुने संघर्षका चिह्न, मृतकको गुप्ताङ वरिपरि पाइन सक्ने कसुरदारको गुप्ताङको रौं, अठ्याउँदा मृतकको छाती, हात, टाउको र मुखमा बन्न सक्ने नीलडाम, मृतकको हातको नङमा कोतरिएको अवस्थाको कसुरदारको छाला र रगतको भाग, मृतकले लगाएको पोसाकसँग मेल नखाने कपडाकै टुक्रा वा रेसा, घटनास्थल र मृतकको शरीर वा हातमा प्राप्त हुन सक्ने कसुरदारको कपालको रौं, आक्रमणकारीकै पदचिह्न वा जुत्ता, चप्पल, रुमाल, डोरी, कटु र कपडाको टुक्रा, हत्यामा प्रयोग भएका औजार तथा हातहतियार, प्रतिकारको क्रममा बनेका अन्य संघर्षका चिह्नहरूजस्ता अनेकौं सबुतहरू लास र घटनास्थलमा पाउन सकिन्छ । घटनास्थलमा प्राप्त यस्तै सबुतले यो व्यक्तिले यसरी बलात्कार र हत्या ग-यो भनी बताइरहेको हुन्छ । त्यस्ता सबुतलाई यथावस्थामै जोगाएर कसुरदारसँगै इजलासमा पेस गर्नुपर्दछ ।

सबुतको स्वरूप र अवस्थालाई बिग्रन नदिई यथावस्थामै सुरक्षित राख्नु अनुसन्धानमा बढी महत्वपूर्ण मानिन्छ

सबुत प्राप्त गर्नका निम्ति घटनास्थल र लासको यथावस्थाको सूक्ष्म अध्ययन अवलोकन अपरिहार्य हुन्छ । निर्मलाको लास उखुबारीमा पाइएको र पानी परिरहेको तत्कालको मौसमी प्रतिकूलताले सबुत संकलनमा कठिनाई उत्पन्न भएको पनि हुन सक्छ तर लासनजिकै पाइएको निर्मलाको साइकल र पाठ्यपुस्तक नभिजेको ओभानै अवस्थामा पाइएको आधारले सबुत प्राप्त हुन नसक्ने अवस्थामा लास नभएको अनुमान गर्न सकिन्छ । घटनास्थलबाट सबुत संकलन गर्नु मात्र अनुसन्धानको उपलब्धि होइन । सबुतको स्वरूप र अवस्थालाई बिग्रन नदिई यथावस्थामै सुरक्षित राख्ने तथा परीक्षणबाट यो व्यक्ति वा कसुरदार घटना सम्बद्ध हो भनी प्रमाणित गराउने कार्य अनुसन्धानमा बढी महŒवपूर्ण मानिन्छ । निर्मलाले लगाएको पोसाक महिला प्रहरीले नै नजिकको पानीमा पखालेर बोकिन भन्ने कुरा उत्तिखेरै चर्चामा आएको थियो ।

घटनास्थलमा अपनाउने संवेदनहीनताले प्रहरी अनुसन्धान अझै औपचारिकतामै आधारित छ भन्ने संकेत गर्दछ । हुन त तीन दशक पहिलेबाटै अनुसन्धानलाई विशिष्टीकृत गराउँदै ल्याउने प्रयास गरिएको भए पनि अझै पनि यो व्यवहारमा पूर्ण रूपले लागू हुन सकेको छैन । विशिष्टीकरणकै क्रममा अलगअलगै इकाइ गठन गरिए पनि आपराधिक घटना हुँदा कार्यक्षेत्रमा अनुसन्धान शाखामा खटिएका २-३ जनाबाहेक अन्य आवश्यक प्रहरी कर्मचारी अनुसन्धानको आधारभूत ज्ञान भएका छन्÷छैनन् भन्ने कुरा विचारै नगरी कार्यालय कम्पाउन्डमा जो जो खाली छन् उनीहरूलाई नै भेला पारी घटनास्थलको सुरक्षार्थ खटाउने प्रवृत्ति अझै हटेको छैन । प्रारम्भिक अनुसन्धान नै अस्तव्यस्त बन्ने प्रमुख कारण यही हो । निर्मला प्रकरणमा पनि यही भयो ।

निर्मलालाई जीवितै अवस्थामा अन्तिमपटक देख्ने व्यक्ति र त्यतिखेरको समय, निर्मला घर जाने बाटोको आसपासको वातावरण, लास बरामद स्थानको दूरी तथा सो बेला उक्त स्थानमा आवागमन गर्ने व्यक्ति र तत्कालको स्थानीय सामाजिक वातावरण र गतिविधि अनुसन्धानको दोस्रो चरणका प्रमुख स्रोतसामग्री हुन् । अनुसन्धान अधिकृतको तत्कालको ध्यान त्यसतर्फ केन्द्रित भएकै कारण दिलिप विष्ट फेला परे । तर, निर्मलाको भेजनल स्वाबसँग विष्टको डीएनए मेल नखाएको आधारले विष्टले तत्काल छुट्कारा पाए । छानबिनकै क्रममा खटिएको विज्ञ टोलीले डीएनए परीक्षण नै गलत थियो भन्ने निष्कर्ष निकाल्यो । घटनास्थलमा प्राप्त हुने कतिपय उपरोक्त सबुतको आधारमा पनि डीएनए पहिचान हुन सक्छ ।

यस घटनामा दिलिप विष्टबाहेक अन्य व्यक्तिसम्म प्रहरी पुग्न सकेको प्रत्यक्ष देखिएको छैन । तर, दिलिप विष्ट उक्त समयमा घटनास्थल आसपासमा देखिएको भन्ने कुरा तेस्रो देख्ने व्यक्तिबाटै पुष्टि भइसकेको छ । लास फेला परेको स्थान पनि प्रारम्भिक घटनास्थल थिएन । अन्यत्र घटना गराएर लास उखुबारीमा फालिएको थियो भन्ने कुरा लास प्राप्त अवस्थाले नै पुष्टि गरिसकेको छ । दिलिप विष्ट हुँदै लास बरामद स्थलदेखि बलात्कार भएको प्रारम्भिक घटनास्थलसम्म अनुसन्धान पुगेको र सोबारे संकलन गरिएका प्रमाण र तथ्यमा आधारित छन् भन्ने दाबी अनुसन्धान अधिकृतले गर्दै आएका छन् । त्यसलाई इन्कार गर्नुहुँदैन पक्राउ परेका दिलिप विष्टले आफूले बलात्कार गरेको प्रारम्भिक घटनास्थलसम्म अनुसन्धान अधिकृतलाई पु¥याएको भन्ने कुरा पनि पुष्टि भएको प्रहरीको भनाइले अनुसन्धान करिबकरिब अन्त्यतिर पुगेको अनुमान गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस   कोभिड–१९ र यसबाट पर्ने प्रभाव

प्रहरी अनुसन्धान तथ्यमा आधारित छ-छैन भनी जाँच्ने प्रमुख कसी भनेकै डीएनएलगायतका अन्य प्राप्त भौतिक सबुतको परीक्षण प्रतिवेदन नै हो । घटनास्थलबाट प्रहरीले केकस्तो सबुत उठायो ? र त्यसको परीक्षण प्रतिवेदनले दिलिप विष्टको सम्बन्ध घटनास्थलमा भएको प्रमाणित ग-यो-गरेन ? भन्ने कुरो त मिसेलले नै बताउँला । तर, यस घटनाको अनुसन्धानको आधार स्तम्भ मानिने डीएनए रिपोर्ट नै गलत कसरी भयो ? यो अनुसन्धानको गम्भीर सवाल हो । बलात्कार पछिको हत्या आफैंमा संवेदनशील घटना हो । संवेदनशील घटनाकै डीएनए परीक्षण नै गलत भएको आधारले यसउपर विभिन्न आशंका उत्पन्न भएका छन् । यसमध्ये निर्मलाको भेजनल स्वाव पोस्टमार्टम गर्ने चिकित्सकले नै निकालेको हो वा अनुसन्धान अधिकृत वा सोको अधिकृतले ? स्वाब प्रयोगशालामा सही हालतमा पुगेको थियो÷थिएन ? यसको साथै सही वा सुरक्षित रूपमै स्वाब विशेषज्ञसामु पुगेको हो भने विशेषज्ञद्वारा भएको परीक्षण गलत कसरी भयो ? भन्ने कुरा पनि अनुसन्धानले उजागर गर्नुपर्दछ । किनकि स्वाब संकलनदेखि परीक्षणको चरणसम्म पनि बदनियत हुन सक्छ । अन्यथा डीएनए परीक्षण गलत हुने सम्भावना हुँदैन ।

न्यायमूर्तिकै कारण न्यायालयले आफ्नो सम्मान र गरिमा जोगाउन नसक्ने अवस्था सिर्जना हुँदै छ

यसको मतलब डीएनए दिलिप विष्टकै हुनुपर्दछ भन्ने होइन, विष्टसँग नमिले पनि रिपोर्ट ठीक आउनुपर्ने सो आएन, जसले अनुसन्धानलाई विवादास्पद बनायो । स्वाबको शृंखलाभित्र पर्ने प्रमुख चार चरण जस्तो संकलक, प्याकिङकर्ता, क्यारियर र परीक्षणकर्तामध्ये कसैको यसमा बदनियत नहोला भन्न सकिन्न । बदनियत सम्बन्धित व्यक्ति विशेषको स्वार्थसँग पनि सम्बन्धित हुन सक्छ, तथा बाह्य प्रभावसँग पनि सम्बन्धित हुन सक्छ । बाह्य प्रभावमा प्रहरीकै उच्च अधिकारी पनि आउन सक्छन् भने राजनीतिक व्यक्ति पनि, जसले अनुसन्धानलाई अस्तव्यस्त बनाई दोषी व्यक्तिलाई जोगाउने रणनीति अवलम्बन गरेको नहोला भन्न सकिन्न । यसर्थ, अनुसन्धान अधिकृतले अन्य सम्बद्ध सबुतद्वारा कसुरदारलाई घटनामा संलग्न रहेको भन्ने तथ्य उजागर गराउनुपर्दछ ।

यो पनि पढ्नुहोस   आधुनिक विश्वमा लोकतन्त्रको उपादेयता

डीएनएबाहेककै अन्य सम्बद्ध प्रमाणबाट दुई वर्षअगाडि नै दिलिप विष्टसम्म प्रहरी अनुसन्धान पुगिसकेको थियो । त्यसपछि अहिलेसम्मको प्रहरी अनुसन्धानले अन्य नयाँ उपलब्धि पनि हासिल गरेकै होला । यसक्रममा दिलिप विष्टबाहेक अन्य व्यक्ति पनि घटनाको नजिक आउन सक्छन् । समष्टिगत रूपमा अनुसन्धानको अहिलेसम्मको अवस्था के छ ? यसबारेमा प्रहरीले पीडित पक्षलाई जानकारी गराउँदै आश्वस्त बनाउँदै ल्याउनुपर्दछ । निर्मला प्रकरणको अनुसन्धानको समष्टिगत परिदृश्यलाई हेर्ने हो भने यो अनुसन्धानमा प्रहरीले आफ्नो व्यावसायिक दक्षता स्वतन्त्र रूपमा प्रयोग गर्न नपाएको आभास हुन्छ । किटानी जाहेरीमा परेकै व्यक्ति दिलिप विष्टकै सन्दर्भमा पनि अनुसन्धानबाट प्राप्त तथ्य उजागर गर्न प्रहरी हिच्किचिएको देखिन्छ । हुन त यो अनुसन्धान प्रारम्भमै राजनीतिक प्रभावमा प¥यो भन्ने टीकाटिप्पणी नभएको होइन । त्यसबारेको वास्तविकता पनि प्रहरीले खुलस्त पार्न सक्नुपर्दछ । किनकि, प्रहरी नेता विशेषको हतियार होइन, ऊ त ३ करोड नेपालीकै रक्षक हो । व्यक्ति विशेषको प्रभावमा परेर प्रहरीले आफ्नो निष्कलंक छविमा दाग लगाउनुहुँदैन । आईजीपी सैलेश थापाको यो मुख्य चुनौती हो ।

मुलुकमा राजनीतिक अपराध पराकाष्ठामा पुगेको छ । स्वार्थ केन्द्रित मानसिकताले राजनीतिलाई संगठित अपराधमा रूपान्तरित गराएको छ । अपराधीलाई दण्ड गराउने चलन हराउँदै छ । सत्ता सञ्चालकले नै अपराधीलाई संरक्षण गर्दै आएका छन् । अपराधीलाई साथमा लिए व्यक्ति मात्र होइन, पार्टी नै मजबुत बन्छ भन्ने मानसिकता विकास भएको छ । सर्वस्वसहित जन्मकैद तोकिएको क्रुर पाशविक हत्यारालाई थुनामुक्त गराउन सर्वोच्च न्यायमूर्ति नै लागेको दृष्टान्त देखिएका छन् । न्यायमूर्तिकै कारण न्यायालयले आफ्नो सम्मान र गरिमा जोगाउन नसक्ने अवस्था सिर्जना हुँदै छ । स्वार्थभन्दा ठूलो अरू केही हुँदैन भन्ने व्यक्तिवादी चिन्तन राज्य प्रशासनको सबै क्षेत्रमा व्याप्त छ । यस्तै, हस्तक्षेपको प्रभाव निर्मला प्रकरणमा पनि परेको नहोला भन्न सकिन्न । तर, प्रहरीले आफ्नो सकारात्मक कार्यको पछाडि ३ करोड नेपालीकै साथ सहयोग छ भन्ने कुरा नभुली स्वच्छ र पारदर्शी अनुसन्धानबाट पीडितलाई राहत दिलाउन विचलित हुनुहुँदैन ।

(Visited 105 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

काेराेना संक्रमित युवती निकाे भएर घर फर्किइन्

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

सुदुरपश्चिममा एकै दिन ६४ जना कोरोना संक्रमित थपिए

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा शनिबार ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । ६४ जना मध्ये ५५ जना पुरुष र ९ जना महिला...

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ...

यी हुन् डेढ करोड बढी रकम हिनामिना गर्ने सरकारी कर्मचारी

महोत्तरी । नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा पिपराको एक करोड ६१ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको भन्दै महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको...

ई-पेपर

(Visited 63 times, 1 visits today)