सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको एकैदिन मृत्यु

सप्तरी । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको एकै दिन मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा सप्तरीको रुपनी गाउँपालिका ५ का ४५ वर्षिय बिन्देश्वर साह, डाक्नेश्वरी नगरपालिका ९ का ७१ वर्षिय मंगलु खंग र राजगढ गाउापालिका ६ का ८२ वर्षीय बच्चालाल सुतिहार छन् ।

तीनजनाको मंगलबार मध्यराती मृत्यु भएको हो । दुई जनाको उपचारका क्रममा तथा एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना भएका दुई तथा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजादै गर्दा एक गरि तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

मृतक मध्येका रुपनी गाउँपालिकाका साहलाई अत्याधिक ज्वरो र स्वाशप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । तर, अस्पताल परिसरमा प्रवेश लगत्तै उनको मृत्यु भएको र बुधबार बिहान घरमा ल्याई आफन्तले अन्तिम संस्कारका लागि लैजादै गर्दा प्रहरीलाई खबर गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।

यस्तै छिन्नमस्ता अस्पतालमा भर्ना भएका दुई जनालाई पनि ज्वरो, स्वाशप्रश्वासको समस्या र उच्च रक्तचापको समस्या देखिएको तथा उपचारकै क्रममा मंगलबार राती १ बजेतिर मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीनै जनाको पिसिआर परिक्षण नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने भनिएपनि स्वाब संकलन कार्य सकिएकाले सुरक्षित साथ शव व्यवस्थापन गर्ने शर्तमा आफन्तलाई जिम्मा लगाइने तयारी भइरहेको उनको भनाई छ ।

यसैबीच मृतक तीनै जनाको स्वाब संकलन गरि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा परिक्षणको काम सुरु गरिएको अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए । तीनै जनाको स्वाब परिक्षणलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी उनले दिए ।

यता कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मृत्यु भएपछि स्थानियमा खैलाबैला मच्चिएको छ । उनीहरुको सम्पर्कमा रहेका व्यक्ति, उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी सबै स्वाब परिक्षणको नतिजा कस्तो आउने हो भनी प्रतिक्षारत रहेका छन् । अर्कोतिर कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मृत्यु भएपछि जिल्लामा जारि निषेधाज्ञालाई बुधबारदेखि स्थानिय प्रशासनले थप कडाई गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा