Saturday, September 26, 2020
Home प्रदेश मास्क नलगाई हिँड्नेलाई एकसय जरिवाना

मास्क नलगाई हिँड्नेलाई एकसय जरिवाना

भोजपुर । लकडाउन खुलेसंगै मानिसको चहलपहल बढ्न थाले पछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासनले मास्क नलगाई हिड्नेलाई १०० सय रुपैंया जरिवाना लिन थालेको हो ।

लकडाउन खुले पनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाई गरेको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले बजार क्षेत्रमा छड्के अनुगमन गरेर कारवाही थालेको छ ।

बाटोमा हिंड्ने सर्वसाधरण, सवारी चालक, व्यापारी तथा मास्क नलगाई हिड्नेलाई १०० रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । पुरीले भने,‘केहि दिन अगाडी जनचेतनासंगै मास्क पनि वितरण गरेका थियौ, तर स्थानीय नागरिकहरुले त्यसको उलङ्घन गर्न थालेपछि हामीले जरिवाना स्वरुप १०० रुपैया तिराएको छौ ।’

कोभिड –१९ को रोकथाम तथा नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप न्युनत्तम दुई मिटरको भौतिक दुरी कायम गर्न, सार्वजानिक स्थलमा हिंडडुल गर्दा मास्कको प्रयोग गर्न, सावुन पानीले हात धुन र सेनिटाइजरको अनिवार्य प्रयोगको वारेमा समेत सचेत गराइएको छ । अवज्ञा गर्ने नागरिकलाई संक्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार जरिवाना गरिएको सहयक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटलले बताए ।

यो पनि पढ्नुहोस   बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद

जिल्ला प्रशासनले गरेको यस्तो कार्यको स्थानियले प्रसंसा गरेका छन् । मास्क सरकारको लागि नभएर आफ्नै सुरक्षाको लागि भएकाले यसको सवैले पलना गर्नु पर्ने स्थानियले बताएका छन् । प्रशासनको यस्तो कार्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उनिहरुको भनाइ छ ।

बुधबार मास्क नलागाई हिड्ने ९८ जना लाई कारवाही गरिएको छ । यस्तै सदरमुकाम आसपासका क्षेत्रमा गस्ती परिचालन गरि आगन्तुक सर्वसाधरण र सवारी साधनमा समेत कडा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।

(Visited 36 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

धेरै पढिएका

पीएसजी लेन्ससँग स्तब्ध

पेरिस । अघिल्लो सिजनको लिग वान च्याम्पियन तथा यूईएफए च्याम्पियन्स लिगको उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) नयाँ सिजनको पहिलो खेलमै लेन्ससँग स्तब्ध बनेको छ...

नारी दिवसले नछोएकी वनकी रानी

दैलेख । जिल्ला सदरमुकाम, गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा नारी दिवसको रापले छोएकै छैन । राउटे महिला दिवसको बारे बेखवर छन् । सरकारी...

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना डिस्चार्ज

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित ५७ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा...

ई-पेपर

(Visited 63 times, 1 visits today)