Sunday, May 9, 2021
Home राजनीति जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

,

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात एकीकरण गरेर जसपाको घोषणा भएको थियो । पार्टी एकीकरण पछि पहिलो पटक बसेको कार्यकारिणी समितिको बैठक ६ दिनसम्म चल्नेछ ।

पार्टी एकीकरण पश्चात बसेको पहिलो बैठकको पहिलो दिन परिचय कार्यक्रम गरेर सकिएको छ । जसपा कार्यकारिणी सदस्य मनिषकुमार सुमनले पहिलो बैठकको पहिलो दिन परिचय गरेर सकिएको बताए । बिहिबार बिहान ११ बजे पुनः बैठक बस्ने गरी सकिएको बताउँदै परिचय लामो समयसम्म चलेको बताए ।

‘पहिलो बैठकको पहिलो दिन भएकाले शुरुमा २÷३ मिनेट भित्रमा परिचय दिन भनिएको थियो’ सुमनले भने, ‘तर म यो आन्दोलन, त्यो आन्दोलन, यो संगठन, त्यो संगठन, यो पार्टी त्यो पार्टी भन्दा भन्दै दिनभर त्यसैमा बित्यो, भोली (बिहिबार) देखीको बैठकमा नियमित एजेण्डामा छलफल हुन्छ ।’

जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टी एकीकरण÷समायोजन निर्देशिका, राजनीतिक प्रतिवेदन, सांगठनिक कार्ययोजना, समसामयिक राजनीति लगायतका बिषयमा छलफल हुने एजेण्डा तय गरिएको बताए ।

बैठक जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको छ । पार्टीमा दुई अध्यक्ष ठाकुर, यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो रहेका छन् । अन्य नेताहरुको जिम्मेवारी बाँडफाँड तथा वरियता चयन यही बैठकबाट हुने बताईएको छ ।

जसपा विधान अनुसार ५३ सदस्यीय कार्यकारिणी समिति छ । तर यहाँ दुई जना अझै चयन गर्न बाँकी छ । यही कार्यकारिणीमा रहेका सदस्यहरु नै पदाधिकारी हुनेछन् । वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता लगायतका पदाधिकारी आवश्यक्ता अनुसार चयन गरिने विधानमा व्यवस्था छ । यि पदाधिकारी कार्यकारिणी सदस्य भएकाले मात्रै पाउँनेछन् ।

राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णको दुई सदस्य कार्यदलले समायोजनको मापदण्ड सहितको प्रतिबेदन नेतृत्वलाई बुझाईसकेको र सो प्रतिवेदनका बारेमा छलफल गर्दै समायोजन प्रक्रिया अगाडी बढाउँने जसपाले जनाएको छ । पार्टी एकीकरणकै बेला नै समान्ताका आधारमा संगठन समायोजन गर्ने सहमती भएको थियो ।

शिर्ष नेताहरुका बीचमा जसपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने सहमती भएको छ । यसमा कुनै किसिमको विवाद नभएको जसपा स्रोतको दावी छ । संघीय परिषद १ हजार १ सय १ सदस्य रहने बिषयमा समेत सहमती जुटिसकेको छ । यस्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिने बताईएको छ ।

१ हजार १ सय १ को संघीय परिषद्, ७ सय ५१ सदस्यीय केन्द्रीय समिति, १ सय १ सदस्यीय राजनीति समिति बनाउँन शिर्ष नेताहरुका बीचमा गृहकार्य भएको छ । तत्कालीन समाजवादीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य थिए । तत्कालीन राजपामा पदाधिकारीको संख्या १ सय ३५ र केन्द्रीय सदस्य ८ सय रहेको बताईएको छ ।

यसका साथै पार्टीका केन्द्रीय तहका अन्य निकायहरु सल्लाहकार, विज्ञ परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोगका साथै पार्टीका विभाग, प्रदेश परिषद्, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक संरचना, प्रदेश सल्लाहकार समिति, प्रदेश विज्ञ परिषद, प्रादेशिक आयोगहरु, गैरभगोलिक विशेष प्रदेश समितिलगायत स्थानीय तहका संरचना टुंगो लगाउन अझै बाँकी नै छ । यि सबै प्रक्रिया पुरा गरेर जसपा महाधिबेशनमा जान्छ । तर महाधिबेशन कहिले गर्ने, सिद्धान्त, विचार आदी बिषयमा अझै केही टुंगो लागेको छैन् ।

(Visited 109 times, 1 visits today)
Loading comments...

आजको समाचार

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

साताका लोकप्रिय समाचार

इटहरीमा ५० बेडको आइसोलेसन

इटहरी । इटहरीमा ५० बेडको आइसोलेसन निर्माण गरिएको छ । इटहरी ९ स्थित रंगशालामा ५० बेडको आइसोलेसन निर्माण भएको हो । इटहरी अस्पतालका इन्चार्ज...

बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब चालू आर्थिक वर्षको सुरु (गत १ साउन)देखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी...

फेरि थला प-यो शिक्षा क्षेत्र

समाजमा सबैको चिन्ता छ, फेरि कोरोना बढ्यो । लामो समयपछि लयमा आएका सामाजिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्र फेरि धरासायी हुने भए । जीवन जोगाउन मुस्किल...

दाजु, भाउजु निदाइरहेकाे बेला ढाेकामा चुकुल लगाए अनि आगो लगाएर भागे

लमजुङ । आफन्तजन घरभित्र सुतिरहेको बेलामा रातको समयमा घरमा आगो लगाई भागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गउँपालिका– १...

अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

ट्रेन्डिङ

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र...

सडकमा ह्याण्डवासपछि दिनदुखीलाई गाँस, कोही भोकै परे हामी छौं : शर्मा

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिएपछि राजधानीका सडकमा पानीको ट्याङ्की र हातधुने ह्याण्डवास राखेर हात धुने अभियान सुरु गरेको ‘मिसन अन्नपुर्ण’ समूहले सो...

नेकपा सचिवालय बैठकः पहिलोपटक पेरिसडाँडामा बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पहिलोपटक पेरिसडाँडा कार्यालयमा बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र...

नेपालमा जलविद्युत्को नीतिगत व्यवस्था र कार्यान्वयन पक्ष

चालु आव २०७७-७८ को बजेट बक्तव्यमा मुलुकको ऊर्जा संकट समाधान भएकाले अब विद्युत् उत्पादनलाई नदी प्रणालीमा आधारित, अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाका माध्यमद्धारा विद्युत् निकासीतर्फ...

सेयर बजारमा उत्साह, ९२ अंकले बढ्याे नेप्से

काठमाडौं । लगातार दुइ दिन घटेकाे शेयर बजारमा फेरी उत्साह थपिएकाे छ । मंगलबार नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९.०७ विन्दुमा आइपुगेको छ । बजार...

जनतामा सरकार भएको अनुभूति देऊ

विश्वव्यापी महामारीको रूप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले गत १० चैत्रदेखि गर्दै आइरहेको लकडाउनलाई आगामी ३...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौं : मन्त्री भट्टराई

भीमदत्तनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको...

करेन्ट लागेर सोलुखुम्बुका वडाध्यक्षको मृत्यु

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको...

‘ओभरस्पिड’ले प्रदेश १ मा ९ जनाको निधन

इटहरी । लकडाउनमा प्रदेश १ का विभिन्न ठाउँमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का...

हत्याराले औंठी छाडे, त्यहि औंठीबाट खुल्यो घटनाको रहस्य

बारा । महागढिमाई नगरपालिका वडा नम्वर १ बरियारपुरकी महिला हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै मृतककी छिमेकी घनश्वेरी कुशवाहाले...

प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)