Tuesday, September 29, 2020
Home बिचार श्रावणमा व्रत बस्नु कति वैज्ञानिक ?

श्रावणमा व्रत बस्नु कति वैज्ञानिक ?

सुख र समृद्धिको प्रतीक मानिने गाढा हरियो रङको मेहन्दीले श्रीमान्को आयु लम्बिने शुभ कारक तŒवको रूपमा लिइन्छ । यसैले विवाहको समयमा पनि देशभरिका विवाहमा बेहुलीले हातखुट्टामा मेहन्दी लगाउने गर्दछन् । मेहन्दीले नै लेखेको आफ्नो हुनेवाला श्रीमान् वा भइसकेको श्रीमान्को नाम लेख्छन् । मेहेन्दीको रङ जति गाढा भयो, त्यति नै बढी श्रीमान्ले माया गर्छन् भन्ने भनाइ रहेको छ । हरियो चुरा, पोते, टीका, तथा हरियै रङको लुगा लगाएर साउन महिनाभरि विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दछन् । सँगसँगै साउने सोमबारलाई शुभ मान्दै धेरैजसो विवाहित तथा अविवाहित महिलाहरू श्रीमान्कै सुख, समृद्धि तथा असल श्रीमान्को कामना गर्दै व्रत बस्ने गर्दछन् । साउने झरीमा जताततै हरियालीले मन स्वच्छ र स्फूर्त बनाएको हुन्छ । त्यसमै महिलाहरू हरियो लुगामा, हरियै रङको मेहन्दीले हातखुट्टा रङ्गाएर, हरियो चुरापोते लगाएर सोमबारको ब्रत बसेका हुन्छन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय दिनको रूपमा पनि लिइन्छ । बिहानै उठेर नुहाइधुवाइ, आफूलाई सजाएर महादेवको दर्शन गर्दा मनमा शान्ति छाउने, घरपरिवारमा सुख, समृद्धि थपिने, श्रीमान्को आयु लामो हुने हिन्दू महिलाहरूको विश्वास रहेको छ ।

यस्तै, चाडवाडहरूले गर्दा जीवनमा नयाँनयाँ उमंग र रङहरू थपेको हुन्छ । जीवनलाई रमाइलो बनाएको हुन्छ । धेरैजसो घरका काममा व्यस्त रहने महिलाहरूलाई घरबाहिर मठमन्दिर घुम्ने अवसर जुराइदिएको हुन्छ । अझै मेरो माइती गाउँ बैतडीमा साउन महिनालाई कालो महिनाको रूपमा मान्दै सोमबारको ब्रतसँगै आफूले सके जति पाँच, १०, १५ दिन ब्रत बस्ने गर्दछन् । यो पनि श्रीमान्कै स्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बसेका हुन्छन् । योसँगै साउनको महिनामा चिनेका, आफन्तबीच विवाहित महिलाहरू चुरापोते, टीका आदि आफूले सकेअनुसारको साटासाट गर्ने गर्दछन् । आर्थिक अवस्था कमजोर भएका महिलाहरूमा महँगा चुरापोते किनेर बाँड्नुपर्दा कताकता चिन्ता थपिरहेको हुन्छ । नेपालमा पहिला यस्तो चलन खासै नभए पनि अचेल हिन्दी सिरियलहरूको गहरो प्रभाव परेको देखिन्छ ।

महिलाले ब्रत बस्दैमा श्रीमान्को आयु लामो हुन्छ भन्ने कुरा भने वैज्ञानिक रूपमा प्रमाणित गर्न भने गाह्रै छ । दीर्घ रोगले थलिएका वा अचानक दुर्घटनामा परेर मृत्यु हुन पुगेका पुरुषका श्रीमतीले पनि उनीहरूकै लामो आयुका लागि धेरैचोटि व्रत बसेकै हुन्छन् । के उनीहरूको मनमा कुनै खोट थियो होला र ? परदेशी श्रीमान्को सुस्वास्थ्य तथा दीर्घायुका लागि स्वदेशमा पूजाआजा गर्ने लाख बत्ती बाल्ने, व्रत बस्ने महिलाहरू पनि धेरै छन् । तैपनि कतिपय श्रीमान्को परदेशमै मृत्यु हुन पुग्दा तिनका श्रीमतीहरू आफ्नो भाग्यलाई दोष दिएर चित्त बुझाउन बाध्य हुन्छन् । मेरै आमाले १० वर्षसम्म लगातार स्वस्थानी व्रत लिनुभएको थियो । स्वस्थानीमा वर्णन भएका महादेवभन्दा ठूला भगवान् कोही छैनन् भन्ने उहाँमा पूर्ण विश्वास थियो । उहाँ महादेवको अन्धभक्त हुनुहुन्थ्यो । एकचोटि उनको सपनामा जोगीजस्तै मान्छे हाम्रो घरमा आएर छिनछिन बजाउने बजाएर भिक्षा मागेको देखेपछि उनले त्यही छिनछिन गर्ने गाउँमा रहेको महादेवको मन्दिरमा चढाउँछु, ल्याउनुप¥यो भनेर अड्डी कस्नुभयो । बल्लबल्ल भारतको दिल्लीबाट मगाएर उनको इच्छा पूरा गर्न सफल भयौं ।

महिला व्रत बस्दैमा श्रीमान्को आयु लामो हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन

के सतीले पनि महादेवका लागि पार्वतीजस्तै व्रत बसेकी थिइनन् र ? प्राणभन्दा प्यारी, महादेवलाई अत्यन्तै माया गर्ने, पतिको विरुद्धमा बोलिएका कटु वचन सहन नसकी अग्निकुण्डमा प्राण त्याग्न पुगेकी आफ्नी पत्नीलाई तिनै लोकका पति महादेवले बचाउन सकेनन् भने के हाम्रा माग कठिन व्रत बस्दैमा सजिलै पूरा होलान् ? ५० वर्ष लाग्दासम्म साउने सोमबारको व्रत सधंै लिनुभएको थियो आमाले । हप्तामा तीन दिन जति व्रत हुन्थ्यो । एउटा व्रत तीन वर्षसम्म लिनुहुन्थ्यो । घरमा शिवरात्रि, रामनवमी तथा कृष्णाअष्टमीको दिनमा गाउँलेसमेत बोलाएर धुमधामसँग पूजा गरिन्थ्यो । माघको चिसोमा १० वर्षसम्म लगातार एक महिना पूरै पानी र फलफूल मात्र खाएर घरखेतको कामसँगै स्वस्थानीको व्रत लिनुभयो । २१ वर्षअगाडि आमालाई एक्लै छोडेर मेरो बिहे पनि नहुँदै अचानक बुबाको मृत्यु भयो । हामी छोराछोरी बाबुबिनाका टुहुरा भयौं । त्यसपछि धेरै लामो समयसम्म भगवान्प्रति हाम्रो विश्वास उठ्यो । हामीले मन्दिरमा बोका, राँगो काट्न पनि बन्द ग¥यौं ।

आमाले बुबाको दीर्घायुका लागि गरेको पूजा, उनले कडा साधनासहित लिएका व्रत मैले देखेकी थिएँ । तैपनि, बुबाले उनलाई बुढ्यौलीले नछुँदै छोडेर जानुभयो । के आमाले गाउँको कष्टपूर्ण कामसँगै, भोको पेटमा बच्चालाई दूध चुसाउँदै लिएका व्रतको परिणाम यही हुनुपथ्र्यो ? महिलाले भोकभोकै बसेर पानी पनि नखाई व्रत बस्नु मिथ्या हो । यदि यस्तो हैन भने कतिपय व्रत बस्ने महिलाले अकालमा श्रीमान् गुमाएर विधवा भएर बस्नुपर्दैनथ्यो । आफ्नो श्रीमान्को लामो आयु र घरपरिवारको सुख शान्तिको कामना गर्दै व्रत बसेर कयौं दिन भोकै रहने अनि बिहानै चिसो पानीमा सधंै जसो नुहाइधुवाइ गरेका कतिपय हाम्रा आमा, काकी, भाउजूहरू आफंै ग्यास्ट्रिक र बाथ रोगका सिकार भएका धेरै उदाहरण छन् । परिवारको सुख, शान्ति तथा दीर्घायुका लागि सातामा तीन दिन व्रत बस्ने मेरी आमालाई बाथरोगको उपचार गर्न तीन दिनको बाटो बैतडीबाट काठमाडौं बोलाउनुपरेको थियो । चिसोले उब्जाएको बाथको विगत सात वर्षदेखि अत्यन्तै महँगो आयुर्वेदिक औषधि खाँदा पनि मुस्किलले हिँडडुल गर्न सक्नुहुन्छ । लामो व्रत बस्ने धेरै जसोमा शारीरिक श्रम बढी तथा शरीरमा पानी तथा नुनको मात्रा कम हुँदा रक्तचाप कम भएर बेहोस भई लड्ने गर्दछन् ।

कुनै महिलाहरू व्रत बसे पनि पानी, फलफूल, दूध, चिया खाने गर्छन् । कुनै महिलाहरू भने नुनबाहेक, खीर, साबुदाना, रोटी इत्यादि हलुका खाना खाएर व्रत बस्ने गर्छन् । यसले शरीरलाई हानि पु¥याउँदैन । बरु पाचनप्रणालीलाई झनै सक्रिय बनाउन मद्दत गर्दछ । तर, धेरैजसो गाउँघरका महिला र कतिपय सहरका महिला भने तीजजस्ता पर्वमा पानी पनि नखाएर दुई दिनसम्म निराहार व्रत बस्ने गर्दछन् । यसले चाहिँ मन, मस्तिष्क, शरिरलाई कुनैलाई फाइदा पु¥याउँदैन ।

हाम्रो शरीर ६० प्रतिशत पानीले बनेको छ । अनुसन्धानले देखाएअनुसार मानव मुटु र मस्तिष्कलाई ७३ प्रतिशत, फोक्सोलाई ८३ प्रतिशत, छालालाई ६४ प्रतिशत, मांसपेसी तथा मिर्गाैलालाई ७९ र हड्डीलाई समेत ३१ प्रतिशत पानीको आवश्यकता पर्दछ । शरीरमा रहेका प्रत्येक कोषलाई काम गर्नका लागि पानी अति आवश्यक हुन्छ । कोषभित्र पाइने साइटोप्लाज्म र न्युक्लियसभित्र पाइने न्युक्लियोप्लाज्म पनि तरल पदाथ नै हो । हाम्रो शरीरका जोर्नीमा भएको पानीले घुम्न, चल्न सजिलो बनाउने चिल्लो पदार्थ (ल्युब्रिक्यान्ट)को काम गर्दछ । यसले बढी गर्मी भएको समयमा पसिनाको रूपमा बाहिर आएर शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्दछ । साथै, पानीले शरीरमा उत्पन्न हुने फोहोरलाई दिसापिसाबको माध्यमबाट सजिलै बाहिर निकाल्न सहयोग गर्दछ । हाम्रो शरीरका लागि खानाभन्दा पानी बढी महŒवपूर्ण छ । गर्मीको समयमा तातो सूर्यको घाममा पानीबिना धेरै बेर बस्न सकिँदैन । शरीरले पसिना तथा पिसाबको माध्यमबाट लगातार पानी निकास गरिरहेको हुन्छ । जाडोमा भन्दा गर्मीमा पसिना बढी आउने भएकाले गर्मीमा पानी पनि बढी खानुपर्छ ।

लगातार लामो समयसम्म पानी नखानाले टाउको दुख्ने सम्भावना धेरै हुन्छ । दिमागलाई आफ्नो काम गर्न बाधा पुग्छ । शरीरमा पानीको अभाव बढ्दै जानाले पानीको अभावले (डिहाइडे«सन) कोषहरू मर्न थाल्छन् । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ । हामीले आफ्नो शरीरमा पानीको अभाव हुन नदिन प्रतिदिन लगभग आठ गिलास (दुई लिटर) पानी पिउनुपर्छ । पानी नै जीवन भएकाले व्रत बसे पनि पानी नै नखाई व्रत बस्नु एकदमै गलत हो । हालै सुर्खेतमा प्रचण्ड गर्मीमा व्रत बसेर मन्दिरमा लाइनमा बसिरहेकी एक जना महिलाको मृत्यु भएको छ । तीज, शिवरात्रिजस्ता पानी नखाई लिइने व्रतहरूमा पनि कमजोर स्वास्थ्य भएका कतिपय महिलाहरू लाइनमै बेहोस हुने गरेको हामीले देख्दै आएका छौं । पानी पनि नखाई तीजको कठिन व्रत लिएको अर्को दिन कतिपय महिलाहरूलाई बिहान उठ्न गाह्रो हुने, रक्तचाप कम हुने, कमजोर अनुभव हुने हुँदा कतिपय महिलाहरू अर्को दिन नियमित काममा नगई बिदा लिने गरेको पनि देखिएको छ ।

अहिले आएर केही महिला व्रत बसे पनि पानी, फलफूल, दूध, चिया आदि खाने गर्छन्

यदि श्रीमतीले व्रत बसेर श्रीमान्को आयु लामो हुने भए श्रीमान्ले पनि आफ्नी श्रीमतीको लामो आयुका लागि व्रत बस्थे होलान् । तर, त्यस्तो कहीँ कतै पनि देखिँदैन । श्रीमतीले व्रत बस्दा श्रीमान्को लामो आयु हुने तर श्रीमान्ले व्रत बस्दा श्रीमतीको आयु लामो नहुने त पक्कै होइन होला । न त कुनै श्रीमान्ले आफ्नो लामो आयुका लागि व्रत बस्नैपर्छ भन्दै श्रीमतीलाई दबाब दिएका हुन्छन् । न कुनै भगवान् आफ्नो भक्तलाई चरम दुःख दिएर खुसी हुन सक्छन् । भगवान्प्रति असीम आस्था र विश्वास राखेर व्रत बस्दा आत्मसन्तुष्टि मिल्छ । आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो सुख हो । आत्मसन्तुष्टिको लागि व्रत बस्दा यसले शारीरिक तथा मानसिक रूपमा फाइदा पु¥याउँछ । सुखमा वा दुःखमा याद आउने पनि उनै भगवान् हुन् । तर, पानीसम्म नखाई आफैंलाई हानि पु¥याएर लिइने व्रतले स्वास्थ्यलाई हानि मात्र गर्दछ । त्यसमा पनि बालबच्चा, वृद्ध, गर्भवती, सुत्केरी, बिरामीहरूले व्रत बस्नु स्वास्थ्यका लागि प्रतिकूल हुने डाक्टरहरूको भनाइ छ ।

त्यसैले त भगवान् बुद्धजस्ता ज्ञानीहरूले भन्नुहुन्छ भगवान् आफैंभित्र हुन्छ । आफूभित्रको भगवान्लाई सत्भोजन र सत्कर्मले खुसी पार्न सक्नुपर्दछ । आफ्नो स्वास्थ्यमा प्रतिकूल असर पारेर गरिने पूजा र देखावटी व्रतले कसैको भलो गर्न सक्दैन । सन्त कविरले भनेका छन् ‘भुखे पेट भजन न होइ गोपाला ।’ बरु आफ्ना लागि कसैले व्रत नबसिदिए पनि घरभित्र र बाहिर अधिक शारीरिक श्रम गर्न बाध्य अधिकांश महिलाहरू पुरुषभन्दा औसतमा बढी बाँच्ने गरेको तथ्यांकले देखाउँछ । फलफूल, पानी खाएर व्रत बस्दै हलुका काम गर्दा शारीरिक रूपमा धेरै फाइदा पु¥याउने डाक्टरहरूको भनाइ रहेको छ । यदि व्रत बस्ने नै मन छ भने शारीरिक श्रम नगर्ने वा कम गर्ने, चिल्लो, पिरो बढी खाने, मोटो शरीर भएका महिला तथा पुरुषका लागि मधुमेह, रक्तचापजस्ता रोगहरूबाट बच्न स्वास्थ्यको दृष्टिकोणले भने कहिलेकाहीँ पानी मात्र खाएर व्रत बस्नु अत्यन्तै फाइदाजनक मानिएको छ ।

(Visited 175 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

‘रुकुम पश्चिम घटना : चारैतिरबाट घेरा हालेर लखेटि लखेटि हत्या गरेका थिए’

काठमाडौं । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जस्टिस एण्ड राईट्स ईन्स्टिच्युट्स (जुरी नेपाल) ले रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८,...

नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम

काठमाडौं । सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको स्तरोन्नतिको काम सुरु गरेको छ ।...

कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ...

दृश्यम्का निर्देशक निशिकान्तको निधन

मुम्बई । अक्षय देवगनको दृश्यम्, इरफान खानको मदारीसहित थुप्रै बलिउड र साउथ इन्डियन फिल्म निर्देशन गरेको निर्देशक निशिकान्त कामतको सोमबार दिउँसो ५० वर्षको उमेरमा...

ई-पेपर

(Visited 63 times, 1 visits today)