Wednesday, September 30, 2020
Home प्रदेश होम आइशोलेसनमै बसेर बर्दियाका एक पत्रकारले जिते कोरोना

होम आइशोलेसनमै बसेर बर्दियाका एक पत्रकारले जिते कोरोना

बर्दिया । दुई साता होम आइशोलेसनमा बसेका बर्दियाका एक वरिष्ठ पत्रकारले कोरोना जितेका छन् । नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष कमलकुमार पन्थीले कोरोना जितेका हुन् । उनी कान्तिपुरकर्मी हुन् । कोरोना पुष्टि भएपछि पत्रकार पन्थी २ सातादेखि सदरमुकाम गुलरियास्थित आफनै घरमा होम आइशोलेसनमा थिए ।

होम आइशोलेसनमै बसेर कोरोना जितेका पन्थीलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जनस्वास्थ्य प्रमुख, संचारकर्मीलगाएतको टोलीले उनको घरमै गएर बधाई दिएका थिए ।

कोरोना संक्रमण देखिएपनि उनीमा कोरोनाको कुनै लक्षण भने देखिएको थिएन । अहिले पत्रकार पन्थी स्वस्थ छन् । अझै एकसाता होम आइशोलेसनमै बस्ने उनले बताएका छन् ।

स्वास्थ्यका मापदण्ड अनुसार घरमै आइशोलेसनमा बसेका पत्रकार पन्थीले उचीत खानपिन, परिवारको रेखदेख, उच्च मनोवल, नियमित व्यायमले आफुले कोरोना जितेको बताएका छन् । आइशोलेसनमा रहदा आफनो निकट छिमेकी योगकुमारी श्रेष्ठ र उनको परिवारजनबाट पाएको निकै ठूलो सहयोग र हौसलाले आफनो मनोबल झनै उच्च भएकाले कोरोना जित्न सहज भएको पत्रकार पन्थीको भनाई छ । कोरोना संक्रमति भइसकेपछि सबै तिरबाट उच्च मनोवल बढाउने हौसला पाए पनि समुदायका केही व्यक्तिबाट भने अपहेलना महशुस भएको पत्रकार पन्थीले सुनाए ।

कोरोनाबाट कोही पनि डराउनु नपर्ने तर स्वास्थ्य सुरक्षा र सजगता सबैले अपनाउनु पर्ने पत्रकार पन्थीको सुझाब रहेको छ । उच्च मनोबल, पोषण युक्त खानपान र नियमित व्यायमले कोरोना जित्न सकिने उनको भनाई छ

स्वास्थ्यकर्मीकै सल्लाह बमोजिम होम आइशोलेसनमा बसेपनि उक्त अवधीमा कुनै पनि स्वास्थ्यकर्मीले आफनो स्वास्थ्यको बारेमा सोधपुछ नगरेको पत्रकार पन्थीको गुनासो छ । उनले भने, ‘होम आइशोलेसनमा रहदा साथीभाई, इष्टमित्र, शुभेच्छुकहरुले स्वास्थ्यको बारेमा सोध्थे । हौसला दिन्थे । तर कुनै स्वास्थ्यकर्मीले एकपटक पनि आफनो स्वास्थ्यको बारेमा सोधपुछ गरेनन् । दुःख लागेको छ । ’

कोरोनाबाट कोही पनि डराउनु नपर्ने तर स्वास्थ्य सुरक्षा र सजगता सबैले अपनाउनु पर्ने पत्रकार पन्थीको सुझाब रहेको छ । उच्च मनोबल, पोषण युक्त खानपान र नियमित व्यायमले कोरोना जित्न सकिने उनको भनाई छ ।

पत्रकार पन्थीसँगै बर्दियामा कोरोना जित्नेको संख्या २२५ पुगेको छ । भने जिल्लामा हालसम्म २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल ३७ जना कोरोना संक्रमित आइशोलेसनमा रहेको जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए । आइशोलेसनमा बसेका कसैमा पनि हालसम्म कुनै लक्षण नदेखिएको जनस्वास्थ्य निरीक्षक चौधरीले जानकारी दिए । बर्दियामा हालसम्म १३ हजार ४६ जनाको आरडीटी र ५ हजार २८१ जनाको पीसीआर विधिबाट स्वास्थ्य परिक्षण गरिएको बताइएको छ ।

(Visited 309 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो

महोत्तरी । क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको...

केन्नन स्टार चिरञ्जीवी सरजाको निधन

बेङ्लोर । दक्षिण भारतीय स्टार अभिनेता चिरञ्जीवी सरजाको ३९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । उनको आइतबार उपचारको क्रममा बेङ्लोरको सागर अस्पतालमा...

विप्लपको लडाकु समूहमा बालबालिका, को–को पक्राउ परे ?

उदयपुर । प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी बिप्लब समुहको लडाकुहरुमा अधिकाश बालबालिकालाई प्रयोग गरिएको छ । उदयपुरको चुरे जंगलबाट हतियारसहित पक्राउ परेको लडाकु मध्ये ६...

गोकुल बाँस्कोटाको अडियो छानबिन गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित...

ई-पेपर

(Visited 63 times, 1 visits today)