विप्लवका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोक । विप्लव समूहमा आबद्ध काभ्रे जिल्लाका कार्यरत दुई कार्यकतौलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप घर भई हाल भक्तपुर सुर्यविनायक लक्ष्मीमार्गमा बस्दै आएका विप्लवका दुई नेतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार प्रतिबन्धित नेकपा बिप्लव समूहका काभ्रे जिल्लाको जिल्ला सदस्य पदमा कार्यरत गंगा बहादुर मोक्तान र प्रेम लामा भन्ने प्रशान्त कुमार मोक्तानलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका नेताद्वयलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसुर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शिर्षकमा मुद्दा दर्ता गरेको छ ।

आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दिन ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्यलाई अगाडी बढाएको डिएसपी थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान