पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाइल तस्वीर

मुग्लिन । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति