चन्द्रनिगाहपुर अस्पतालमा एक्सरे बापत पैसा लिइन्छ तर रिपोर्ट दिइँदैन

रौतहट । रौतहटको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुर अस्पतालमा एक्सरे बापतको पैसा तिरे पनि रिपोर्ट नपाउने गरेको गुनासो बढेको छ । बिगत ३ महिनादेखि मेशिन बिग्रेको भएतापनि अस्पातालले मर्मत तर्फ चासो नदिँदा सेवाग्राहीहरु पैसा तिरे पनि रिपोर्ट पाउन नसकेका हुन् । सेवाग्राहीहरुले एक्स रे बापत ३ सय ५० तिर्ने गरेका छन् ।

एक्सरे मेशिन चलाउने रेडियोग्राफर दिपेन्द्र झाले बिग्रेको मेशिन बनाउन चासो नदिएको एक कर्मचारीले जानकारी दिएका छन् । रेडियोग्राफर झा एक्स रे गराउन छाडेर स्टोर सम्हालेपछि उक्त मेशिन बनाउने तर्फ चासो नदिएको जनगुनासो छ ।

लकडाउनको कारण एक्सरे मेशिन बनाउन नसकिएको सोही अस्पतालका मेसु डा. श्यामबाबु साहले बताए । सो मेशिनबाट प्रिन्ट नहुने र वारेन्टी समय समेत रहेको डा. साहले जानकारी दिए । मेशिन बिरगंजबाट खरिद गरि ल्याएको त्यहीबाट मर्मतको लागि मान्छे बोलाउदा लकडाउनको कारण आउन नसकेको डा. साहले बताएका छन् ।

मेशिन मर्मतको लागि चाँडै नै बोलाउने डा. साहले जानकारी दिए । १५ शैयाको अस्पतालमा एक्सरे मेशिन समेत मर्मत गर्न नसक्नु दुखद भएको अस्पाताल ब्यबस्थापनका पूर्व अध्यक्ष नरेश लामिछानेले बताए । बिरामी संग पैसा लिएपछि हातमा रिपोर्ट दिनुपर्ने पूर्व अध्यक्ष लामिछानेको धारणा छ । ब्यबस्थापन पक्षको गैर जिम्मेवारपनको कारण चन्द्रनिगाहपुर अस्पताल लाथालिङग अबस्थामा पुगेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो