बिना पास मन्त्रीको गाडी रोडमा सरर…

रौतहट । प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलको गाडी सरकारले लगाएको निषेधाज्ञा तोड्दै राजमार्गमा गुडेपछि सोमबार केही बेर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले निषेधाज्ञालाइ कडाइ गर्ने क्रममा चन्द्रनिगाहपुरको मुख्य चोकमा चेक जाच गर्ने क्रममा सो गाडीलाइ केहि बेर नियन्त्रणमा लिएर छाडेको थियो ।

बाराको जितपुरबाट जनकपुर हिडेको प्रदेश २ —०२ /००१ झ ००७४ नम्बरको उक्त गाडीमा मन्त्री सोनलका स्वकीय सचिब सवार थिए । सवारी चेकजाचको क्रममा ती गाडीमा सवार व्यक्तिले आफु प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री सोनलको स्वकीय सचिब भएको र हतार हतारमा पास लिन नसकेको बताएका थिए । अबदेखि पास लिएर मात्रै हिड्न सुझाब दिएर गाडी पठाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमराज शाहीले जानकारी दिएका छन् ।

यता रौतहटमा आइतबार निषेधाज्ञा उल्लघन गर्ने १२२ सवारी साधन कारवाहीमा परेका छन् । आइतबार १४ जना मानिस , ८३ ओटा मोटरसाइकल , ३४ ओटा ट्रक , ३ पिकप र २ स्कारपियो नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिएका छन् । पक्राउ परेका सबै प्रहरीको नियन्त्रणमा रहेको सिडियो घिमिरेले बताए । निषेधाज्ञा उल्लघन गर्ने नागरिक र सवारी साधन नियन्त्रणमा लिई रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने उनले बताए । आइतबार पनि सवारी चेकजाचलाइ तिब्रता दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शाहीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

गेटामा यही सत्रबाट एमबीबीएस सञ्चालन गर्न मेयर हमालको आग्रह