सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको संयोजकत्वमा सिन्धुलीमाढीमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले कमलामाई नगरपालिका क्षेत्र भित्रका सबै सरकारी गैह्रसरकारी कार्यालयहरु, भिडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले जिल्ला सदरमुकाम सिन्धुलीमाढीका बजार तथा अन्य नगरपालिकाका बजार क्षेत्रहरुमा भिडभाड बढ्न गई कोभिड १९ को जोखिम बढेको भन्दै लकडाउनको निर्णय गरेको हो ।

यस्तै बैठकले क न पा ६ स्थित एपोलो हस्पिटललाई आईसोलेसन सेन्टरको रुपमा व्यवस्थापन गर्ने र कोभिड भाईरसको कारणबाट मृत्यू हुनेको शव ब्यवस्थापनका लागि आवश्यक स्थान छनौट गर्ने र शव ब्यवस्थापनका लागि २० थान क्याटेगोरी १ का पिपिई सेट तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

यस्तै जिल्ला स्तरमा नै पिसिआर जाँच गर्ने ल्याव र आइसोलेसन केन्द्र स्थापनाको लागि यस अघि भएको निर्णयको समिक्षा गर्ने निर्णय भएको हो । शनिबार र आइतबार सिन्धुलीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमित मध्ये २ जनाको कन्ट्रयाक ट्रेसिङ समुदायमा देखिएको र कमलामाई नगर क्षेत्र प्रभावित हुनसक्ने आशंका पछि नगरपालिका भित्र लकडाउन गर्ने निर्णय गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पलेँटी गजल मुशायरामा सन्तोष र लालकाजी सुनिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित)