अविरल वर्षाका कारण धनगढी जलमग्न

धनगढी । आइतबार साझदेखिको अविरल वर्षाका कारण धनगढी जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीको अधिकांस क्षेत्र जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ । धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । यस्तै वडा नं ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् ।

पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको धनगढी–३ का शेरबहादुर धामीले बताए । उनले भने, ‘उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नभई डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ ।’

वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । त्यसैगरी धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । धनगढी उपमहानगरपालिका–१ एलएनचोक व्यापारी राजिव गुप्ताले तीन देखिअत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा स्थानीयवासीका घरभित्र पानी पसेको बताए । पार्कचोकका धेरै व्यापारी पसल भित्र पानी पसेको छ ।

उपमहानगर भित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुवान समस्या बर्षेनी दोहोरिने गरेको छ । धनगढी मुख्य कैलाली नाला, सुकुटि नाला, सबै भन्दा अतिक्रमणमा परेका क्षेत्र हुन् । पानी निकास हुने स–सना नालाहरु हराउँदै जादा डुवान समस्या हुने गरेको धनगढी उपमहानगर–२ की धना बटालाले बताइन् । ‘२ दशक अगाडि सम्म धेरै नालाहरु खुल्ला थिए । पानी सहजै भग्ने गथ्र्ये । तर, अहिले स–साना नालाहरु मात्र नभएर मुख्य भनिएको कैलाली नाला नै साघुँरिदै जादा समस्या बढ्दै गएको छ ।’

नालाखोला अतिक्रमणले वर्षातमा धनगढी नगरका घर डुवानमा पर्ने समस्या वर्षौदेखि ज्यूँका त्यूँ छ । धनगढी–३ चटकपुरको श्रीकेदार टोल पानीको निकास हुँदा बर्षेनी डुवानमा पर्ने गरेको छ । ‘चटकपुर भन्दा दक्षिणतर्फ पनि निकास हुनुपर्छ । त्यसपछि केहि सहज हुने छ ।’

तपाइको प्रतिक्रिया
(Visited 946 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)