हिसान कास्की सहसचिव चापागाईँको निधन

पोखरा । हिसान कास्की सहसचिव नारायण शर्मा चापागाईंको निधन भएको छ । पोखरा–१ सिम्पानीस्थित स्पाइरल ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका चापागाईको ४२ वर्ष उमेरमा काठमाडौं ग्राण्डी अस्पतालमा उपचारक्रममा सोमबार निधन भएको हो ।

उनलाई जन्डिस र निमोनिया समस्यापछि पोखराको ओम अस्पतालमा उपचारपछि थप थप उपचारार्थ शुक्रबार काठमाडौं लगिएको थियो । पर्वतको ज्ञाँदीमा जन्मेका चापागाईको परिवारमा बाबुआमा, श्रीमती, १ छोरा र १ छोरी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम