Thursday, October 1, 2020
Home Editor-Picks उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको मृत्यु भएको छ । उपत्यकामा संक्रमणको सन्त्रास बढेसँगै यहाँका सबै महानगरपालिका र नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिसकेका छन् । राजधानीमा नै सर्वसाधारण त्रसित बन्न पुगेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरू निरर्थक देखिएका छन् ।

संक्रमणका कारण काठमाडौंमा सात र ललितपुरमा दुई जनाको मृत्यु भएको हो । सोमबार मात्रै काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ । संक्रमण सन्त्रास बढेसँगै काठमाडौं उपत्यकाभित्रका २ महानगरपालिका र १६ नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले नगरपालिकाले दिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

– नियन्त्रणको प्रयास निरर्थक बन्दै
– नगरपालिकाका अत्यावश्यकबाहेक सबै सेवा बन्द
– समुदायस्तरमा उच्च जोखिम बढ्यो
– १५ भदौसम्म यातायातमा रोक लगाउन प्रस्ताव
– उद्योगभित्रै क्वारेन्टिन बनाउनुपर्ने

फोरमकोे बैठकले सबै सेवा प्रवाह बन्द गर्नेलगायतका विभिन्न १० वटा निर्णय गरेको टोखा नगरपालिका प्रमुुख प्रकाश अधिकारीले जानकारी दिए । यस्तै, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यका जोखिमको क्षेत्र रहेको भन्दै भीडभाड कम गर्न अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको बताए ।

‘उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएको छ,’ उनले भने, ‘भीडभाड कम गर्न अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो ।’

बैठकले काठमाडांै उपत्यकामा सार्वजनिक यातायात सञ्चालनलाई १५ भदौसम्म पुनः रोक लगाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

‘सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको पाइएको छ,’ टोखाका प्रमुख अधिकारीले भने, ‘स्वास्थ्य प्रोटोकल पूरा गरेको पाइँदैन, यसले जोखिम निम्त्याउन सक्छ । तसर्थ यसमा विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छौं ।’

टोखाका प्रमुख अधिकारीका अनुसार बैठकमा कलकारखाना तथा उद्योगधन्दा निर्बाध रूपमा सञ्चालन भएर मजदुरको दैनिक आवतजावत बढ्दा संक्रमणको जोखिम पनि बढेकाले त्यस्ता उद्योग तथा कलकारखानाभित्रै क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय भएको छ ।

सामाजिक सुरक्षा भत्ता प्रायोजनका लागि नवीकरण गर्ने म्याद असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । नवीकरणको म्याद यसअघि साउन मसान्तसम्म रहेको थियो ।

काठमाडौंमा बाक्लो बस्तीका कारण कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने विभिन्न नाकाहरूमा अत्यन्त कडाइ गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले गरेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

पिसिआर परीक्षणको आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सीमित अवधिलाई मात्र रहने भन्दै फोरमले परीक्षणको दायरा र दरलाई बढाउने मात्रै नभई संक्रमण रोकथामका लागि क्वारेन्टिनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि गरेको छ ।

यस्तै, क्वारेन्टिन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टिन संघीय सरकारले बनाएर सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई अनुरोध गर्ने निर्णय पनि फोरमले गरेको छ ।

सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनशन, जुलुुसलगायतका गतिविधि गर्न कडाइका साथ निषेध गर्ने निर्णय गरिएको पनि प्रमुख अधिकारीले बताए । यसैगरी भीड हुने सांस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय भएको मध्यपुर थिमिका प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस्तै, मास्क नलगाई आवतजावत गर्ने तथा मास्कलाई उपयुक्त रूपमा प्रयोग नगर्नेलाई कारबाही गर्ने विषयमा अन्य तहसँग समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।

अनधिकृत रूपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरू बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ–बिहान मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ । निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई १५ भदौसम्म निषेध गर्ने निर्णय पनि फोरम बैठकले गरेको छ ।

व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेस्टुरेन्ट उच्च जोखिमयुक्त क्षेत्र रहेको भन्दै उच्च सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । ‘यसको नियमित अनुगमन गरी कारबाही गर्ने निर्णयसमेत भएको छ,’ प्रमुख श्रेष्ठले भने ।

(Visited 197 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकैदिन १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार...

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको...

हिरासतमा मृत्यु भएको घटनाको संसदीय टोलीद्वारा अनुसन्धान

जनकपुरधाम । प्रदेश २ को विभिन्न जिल्लामा दलितहरुको शंकास्पद मृत्यु भएपछि संघीय सांसदको टोलीले अध्ययन शुरु गरेको छ । केही व्यक्तिको प्रहरी हिरासतमै मृत्यु...

भर्खरै

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

धेरै पढिएका

कृषि, जलविद्युत् र उद्योगमा लगानीको प्रतिबद्धता

काठमाडौं । ११ बुँदे संयुक्त घोषणपत्र जारी गर्दै रोल्पामा लगानी सम्मेलन सम्पन्न भएको छ । प्रतिनिधिसभामा रोल्पाबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलस्रोत तथा...

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर...

मौलापुर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता

गौर । रौतहटको मौलापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई तलबको...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा देबिराम पक्राउ

बाग्लुङ । आफ्नै हत्या गरेको अभियोगमा ढोरपाटन नगरपालिका-७ गाल्डुङ बस्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ५० वर्षीया श्रीमती गौरा बिकलाई धारिलो हतियार प्रहार...

ई-पेपर

(Visited 64 times, 1 visits today)