सिरहा । सिरहा जिल्लामा एकै वडाका ८ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सुखीपुर नगरपालिकाले सञ्चालन गरेको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका सुखीपुर नगरपालिका–९ वैसखाका ८ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ ।
सुखीपुर नगरपालिकाबाट ८३ जनाको स्वाव टेष्ट गरिएकोमा क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उनीको स्वाव परीक्षण गरिएका उनीहरुको रिपोर्ट आजै बिहान आएको हो ।
रोजगारीको क्रममा भारतको हरियाना पुगेका उनीहरु केहि दिनअघि आएर स्वारेन्टाइनमा बसेका थिए । उनीहरु ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष हुन् । कोरोना पोजेटिभ देखिएका उनीहरु सबैलाई थप उपचारको लाग सिराहाको धनगढी नगरपालिका– ११ मा रहेको महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लगिएको छ ।






