बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी थुनामा

पोखरा । चितवनकी २७ वर्षकी युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।

जिल्ला अदालत कास्कीमा न्यायाधीश दिपक कुमार खरेलको एकल इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा अनुसन्धान प्रकिया अघि बढाउने आदेश दिएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले बताए ।

सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरूदत्त गौतमलगायत ३ जना र प्रतिवादि तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापा लगायतले बहस गरेका थिए ।

पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीविरुद्ध गत असार ३१ मा ती युवतीलाई खाना खान बोलाएर क्वार्टरमै बलात्कार गरेको अभियोग छ । अधिकारीको पोखराबाट सरुवाको अघिल्लो दिनमात्र सो घटना भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम