पाल्पामा जीप दुर्घटना, दुईको मृत्युु, ६ घाइते

काठमाडौं । पाल्पामा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लु १ ज २८८७ नम्बरको जीप मंगलबार राति निस्दी गाउँपालिकाको गल्धामा दुर्घटनामा परेको हो । जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ ।

जीपमा १० जना सवार रहेकोमा घाइतेलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ । जीप चालक भने फरार भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित