धनगढी । कैलालीमा प्रहरी हिरासतको शौचालयमा एक जना घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो पौने एकबजेतिर प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका ४५ वर्षीय अमरबहादुर चन्द घाँटी रेटिएको अवस्थामा मृत फेला फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधवार बिहान ३ बजेतिर मदिरा सेवन गरेर धारिलो हतियार बोकी गाउँमा होहल्ला गर्दै हिडेको गरेको खबर पाएपछि फूलवारीस्थित प्रहरी चौकीले चन्दलाई नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।
तर बुधवार दिउँसो शौचालय गएका चन्द नफर्केपछि प्रहरीले शौचालयमा हेर्दा चन्दको घाटी रेटेको अवस्थामा मृत फेला परेको कैलाली प्रहरी प्रबक्ता डिएसपी प्रतीक विष्टले बताए । शौचालयमा घाँटी रेटेको अवस्थामा मृत फेला चन्दसँग कुनै हतियार फेला नपरेकोले घटना शंकास्पद रहेको छ ।
प्रहरीले चन्दलाई नियन्त्रणमा लिनुपूर्व नै उनीसँग भएको भएको धारिलो हतियार बरामद गरिसकेको थियो । शौचालयमा धारिलो हतियार कसले राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । डिएसपी बिष्टले चन्दले ब्लेडले घाँटी रेटेको हुनसक्ने बताउँदै मृतकको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको र घटना ’bout थप अनुसन्धान भइरहेको बताए ।






