कार्बुरेटर खाँदा बालकको मृत्यु

पोखरा । मुस्ताङमा एक बालकले कार्बुरेटर खाँदा ज्यान गुमाएका छन् ।

धनुषा वतेश्वर गाउँपालिका वडा १ घर भइ हाल मुस्ताङ घरपझोङ गाउँपालिका ३, जोमसोमस्थित त्रिशूला मोटरसाइकल वर्कसप संचालन गर्दै आएका किरण थापाको १७ महिनाको छोरा कृष्णले कार्बुरेटर खाएर बिरामी भएकोमा उपचार क्रममा ज्यान गुमाएका हुन् ।

उनको उपचारक्रममा जोमसोम अस्पतालमा बुधबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनायो । कार्बुरेटर विशेष गरी मोटरसाइकलमा प्रयोग हुने गर्दछ ।

त्यस्तै, बागलुङ ढोरपाटन ८ बिजौलीका वर्ष ५७ का गोरे सुनारले भुजी खोला तर्ने क्रममा बुधबार ज्यान गुमाएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता