यस साताको बजारमा सकारात्मक

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक र कारोबार रकम सामान्य बढेको छ ।गत साताको तुलनामा कारोबार रकम र नेप्से सूचक बढेको हो ।

साताभर १ सय९८ कम्पनीको ५ अर्ब ८० करोड ६० लाख २९ हजार ३ सय २१ रुपैयाँबराबरका १ करोड ७४ लाख ७२ हजार ४सय ६३ कित्ता सेयर कारोबार भएका छन् । गत साता १सय९५ कम्पनीको ५ अर्ब २८ करोड ६४ लाख ५५ हजार ५ सय ३६ रुपैयाँबराबरका १ करोड ५७ लाख ९३ हजार ९ सय ७० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

तलमाथि गर्दै अघि बढ्नु बजारको विशेषता नै हो । कोरोना भइरसको त्रासबीच पनि यस साताको सेयर बजार सकारात्मक देखिएको छ । प्रत्येक वर्ष साउन, भदौ महिनामा सेयर बजारमा सर्वसाधारण लगानीकर्तामा उत्साह देखिने गरेको भएपनि अहिले भने विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण स्थिति फरक रहेको छ । तथापि यस साताको बजारमा भने गत साताको तुलनामा सकारात्मक रहेको लगानी कर्ता बताउँछन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले वित्तीय संस्थाले धमाधम गत आर्थि वर्षको चौथो त्रैमासको रिपोर्टसमेत सार्वजनिक गर्न थालेका छन् । यस साताको बजारमा यसको समेत प्रभाव परेको लगानी कर्ताले जनाएका छन् । कम्पनीले आफ्नो क्षमताअनुसारको लाभांश घोषणा गर्ने भएपछि कोरोना त्रासबीच पनि लगानीकर्ता बजारप्रति सकारात्मक भएका हुन् ।

सातामा पाँच दिन कारोबार भएको बजारमा तीन दिन परिसूचक बढ्दा दुई दिन नेप्से सूचक घटेको छ । पहिलो दिन आइतबार ११ अंकले घटेर १ हजार ३९२ को बिन्दुमा पुगेको थियो । साताको दोस्रो दिन सोमबार३७ दशमलव ७४अंकलेबढेको सूचक साताको तेस्रो दिन मंगलबार भने ६ दशमलव ६१ अंकले घटेको थियो । बुधबारफेरि १ दशमलव ५१ अंकले बढेको बजार साताको अन्तिम दिन बिहीबार १६दशमलव ५३अंकले घटेर १ हजार ४०८ दशमलव ७९को बिन्दुमा आइपुगेको छ ।

यस सातावित्त र व्यापारबाहेक सबै उपसमूहबढेका छन् । साताको गत साताको तुलनामा सबैभन्दा बढी निर्जीवन बिमा समूहबढेको छ । निर्जीवन बिमा समूह २ सय ४२ दशमलव १९ अंकले बढ्को हो । त्यस्तै,जीवन बिमा १सय७ दशमलव २७ अंकले, उत्पादन तथा प्रशोधन ५ दशमलव ५४ अंकले, लद्युवित्त १५ दशमलव २९ अंकले बढ््का छन् । विकास बैंक १९ दशमलव २७ अंकले, बैंकिङ समूह १३दशमलव ८९ अंकले, जलविद्युत्८ दशमलव ५३ अंकले, होटेल १३ दशमलव ७८ अंकले, अन्य समूह ४ दशमलव ९८ अंकले र म्युचुअल फन्ड शून्य दशमलव शून्य ९ अंकले बढेको छ ।त्यस्तै, वित्त समूह २ दशमलव २७ अंकले र व्यापार समूह १३ दशमलव ५४ अंकले घटेका छन् ।

यस सातादुईवटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल बंगलादेश बैंकको ४० हजार ७५ हजार १५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने, नयाँ नेपाल लद्युवित्त वित्तीय संस्थाको १ लाख ६८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक साताको पहिलो दिनको तुलनामा २ दशमलव ८३ अंकले बढेर २९३ दशमलव ८५ अंकमा आइपुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा