क्यान इन्फोटेकमा कम्पनीबीच प्रतिस्पर्धा

काठमाडौं । भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरूबीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको ध्यान समेत त्यस्तै स्टलतर्फ नै बढी देखिएको छ । विशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवा प्रदायकले स्टलबाट दिएको छुटले नै अवलोकनकर्तालाई आकर्षित बनाएको छ ।

मेलामा सेवामुलक स्टलहरू, इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छुटमा अवलोकनकर्ताको भिड छ । तर, ठूला व्यवसायिक स्टलमा भन्दा साना तथा दैनिक जीवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइँचो देखिन्छ ।

क्यान इन्फोटेकमा वल्र्डलिंक, भायनेट, एनसेल, नेपाल टेलिकमलगायतका विभिन्न कम्पनीले आफ्नो सेवामा आकर्षक छुट दिइरहेका छन् भने ब्रान्डेड सामानले पनि अवलोकनकर्तालाई तानिरहेको छ । एलजीले आफ्ना समान खरिदमा छुटसहितको अफर दिएको छ ।

प्रभुले मेलामा ९ सय ९९ मै ३० एमबीपीएस इन्टरनेट दिने योजना सर्वजनिक गरेको छ । स्मार्ट र टेलिकमले सिमकार्ड वितरणलाई मुख्य प्राथमिकतामा राखेका छन् । दैनिक रूपमा देखिने चिजविजमा भन्दा अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङलगायतका नयाँ प्रविधि परेका छन् । मेला आयोजक कम्प्युटर एसोसियसन अफ नेपाल–क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नयाँ प्रविधिमै मानिस बढी आकर्षित रहेको बताए ।

‘ठूला र महंगो सामान भएको स्टलमा भन्दा साना स्टलमै बढी चहलपहल देखिन्छ,’ उनले भने । मेलामा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, ई–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल पनि छन् ।
अवलोकनकर्ताले ती स्टार्टअपले दिने सेवामा चासो देखाइरहेका छन् । मेलामा मोबाइल, ल्यापटप, टेलिभिजन, कम्प्युटर, प्रिन्टरलगायतका सामानमा विशेष छुट छ । केही ब्रान्डले मेलामा ५० प्रतिशतसम्म छुटमा मोबाइल बिक्री गरिरहेका छन् ।

एक सय ७५ स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भटर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादनका स्टल समेत छन् ।

त्यसैगरी, आईटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि प्रदर्शनीका आकर्षणको रूपमा रहेका छन् । क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष कुँवरले बताए ।

उनले क्यान इन्फोटेकबाट सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस