काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे छ । देशका विभिन्न प्रयोगशालामा ११ हजार ५७५ जनामा गरिएको पिसिआर परीक्षणमा ५९४ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमित २५ हजार ५५१ जना पुगेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमित मृतक ९९ जना पुगेका छन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ९१३ रहेको छ । क्वारेन्टिमा रहनेको सङ्ख्या १४ हजार ६३८ छ ।
तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)






