एकैदिन सिन्धुलीमा १३ जना संक्रमित, अस्पतालमा वेड अभाव

सिन्धुली । सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना पुगेको आशंका गरी पठाईएका स्वावबाट रिपोर्ट आउँदा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षकी महिला, ३५ र ३६ वर्षका २ जना नेपाली सेना, क्वारेन्टाइनमा रहेका कमलामाईका ४ र तिनपाटन गाउँपालिकाका ३ जना गरी २४ देखि ३६ वर्षका ७ जना पुरुष, २ जना कन्ट्रयाक ट्रेसिङमा परेका महोत्तरी घर भएका पुरुष र एक जना कनपा ७ माझीटारका १७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

अस्पतालका कर्मचारी महिला कनपा ५ मा मधुटारमा रहेको आफ्नै घरमा बस्दै आएकी थिइन् भने माझीटारका युवा संक्रमित आफन्तको कन्ट्रयाक ट्रेसिङमा परेका थिए । क्वारेन्टाइनमा रहेका ७ जना भने विदेशबाट आएका व्यक्तिहरु हुन् । उनीहरु मध्ये संक्रमित महिलालाई मात्र सिन्धुली अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । नेपाली सेनाका २ जना वर्दिवासमा रहेको नेपाली सेनाको आइसोलेसनमा भर्ना भएका छन् । क्वारेन्टाइनमा रहेका ७ जनालाई क्वारेन्टाइनमै राखिएको छ भने माझीटारका संक्रमित पुरुषलाई घरमै राखिएको छ ।

सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण भेटिएपछि अस्पतालमा उपचारका लागि समस्या भएको छ । सिन्धुली अस्पतालमा रहेका १४ वेड आईसोलेसनमा १० वटा वेड मात्र खाली भएकाले अन्य संक्रमितलाई व्यवस्थापन गर्न एपोलो अस्पतालको सरसफाई थालिएको छ । सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीका अनुसार अस्पतालको आइसोलेसनमा संक्रमितलाई राख्ने ठाउँको अभाव भएपछि एपोलो अस्पताललाई व्यवस्थापन गर्न थालिएको हो । यसैबीच संक्रमितको कन्ट्रयाक ट्रेसिङमा रहेका व्यक्तिको स्वाव संकलन गर्ने तयारी सिन्धुली अस्पतालले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता