काठमाडौं । गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ब्याडमिन्टनका सामग्री खरिद र व्यवस्थापनका विषयमा भएको अनियमितता छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राखेपका पदाधिकारी र मन्त्रालयका उच्चपदस्थ कर्मचारीसँगको बैठकपछि ३ बुँदे निर्णय भएको र विशेषगरी ब्याडमिन्टनको अनियमिततामा छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्रालयले राखेपलाई निर्देशन दिएको थियो । बैठकमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, भक्तबहादुर ढकाल, राखेप सदस्य सुवास श्रेष्ठ, राखेपका प्रशासन प्रमुख कुलबहादुर थापालगायत मन्त्रालयको अधिकृतहरूको उपस्थिति थियो ।
ब्याडमिन्टनका राष्ट्रिय खेलाडीले सागका लागि खरिद भएको सामग्रीमा भ्रष्टाचार भएको आशंकामा छानबिन गर्न राखेपमा संयुक्त रूपमा उजुरी दर्ता गराएका छन् । खेलाडीलाई राखेपबाट उपलब्ध गराइएको पोसाक, जुत्ता, ¥याकेट र अन्य सामग्री अहिलेसम्म नपाएको पनि खेलाडीको पनि खेलाडीले सोही उजुरीमा उल्लेख गरेका छन् ।