चार अनाथ बालबालिकालाई अजयमेरुका युवाको सहयोग

गन्यापधुरा गाउपालिका वडा नं. १ मा रहेका ४ जना अनाथ बालबालिकाहरुलाई अजयमेरुका युवाहरुले सहयोग गरेका छन् ।
शनिबार गन्यापधुरा गाउपालिका वडा नं. १ सुन्नमा रहेका ४ जना दलित बालबालिकाहरुलाई विद्यालय पोशाक लगायत अन्य सामाग्री सहयोग गरेको अजयमेरुका युवा भरत मल्लले बताए ।

आमाले आत्महत्या गरेको र बुवा जेल परेपछि १६ वर्षीया शान्ती कामी, १४ वर्षीय डम्बर कामी, ११ वर्षीय गोविन्द कामी र ८ वर्षीय निर्मला कामी ७० वर्षिय हजुरआमाको साथमा छन् । उनीहरुलाई अजयमेरुका युवाहरु भरत मल्ल, हरि भण्डारी, गोविनद भट्ट, रतन ऐर र काजिभट्टले घरमै गई सहयोग गरेका छन् ।

शान्ती कामीले विद्यालय जान छोडेको र डम्बर कामी कक्षा सात, गोविन्द कामी कक्षा तीन र निर्मला कामी कक्षा दुईमा अशिग्राम मावि रौनाकोटमा अध्ययन गरिरहेका छन् ।

शनिबार गन्यापधुरा गाउपालिका वडा नं. १ का अध्यक्ष चेतराज भट्टको रोहबरमा जयमेरुका युवाहरुले कापी कलम, जुत्ता चप्पल र विद्यालय जाने पोशाक वितरण गरेका छन् ।

गन्यापधुरा गाउपालिकाका अंकिलाल भट्टको संयाजनमा अनाथ वालबालिकाहरुलाई सहयोग गरेको भरत मल्लले बताए ।
आमाले आत्महत्या गरेको करिब ७/८ वर्ष भएको र बुवा बलात्कार केसमा जेल गएपछि ति बालबालिकाहरुको विचल्ली रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा २ लाख ५० हजार बढी विस्थापित