च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा, सिटी आउट

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलको समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोनले इंग्ल्यान्डको म्यान्चेस्टर सिटीलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

अब सेमिफाइनल लियोनले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नुपर्नेछ । अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मनीको आरबी लेप्जिङसँग भिड्नेछन् । गएरातीको खेलमा लियोनले म्यान्चेस्टर सिटीलाई ३–१ ले हरायो । उसका लागि मौसा डेम्बेलेले २ तथा म्याक्सवेल कोेर्नटले १ गोल गरे ।

पराजित टोली सिटीका केभिन डे ब्रायनले एक गोल गरेका थिए । यो हारसँगै म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने सपना चकनाचुर भएको छ । यसपटक सेमिफाईनलमा जर्मनीका दुई टोली तथा फ्रान्सका दुई टोली पुगेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा